Pages

Sunday, November 14, 2010

भाइटिका र भाग्य

-गोपीकृष्ण ढुंगाना 'पथिक'

बार्दलीमा माला उन्दै बाटो हेर्लिन चेली,
मेरो जुनी चोइटिदैछ बालुवामा खेली ।

गोदावरी गलाभरि उन्ने आश लिदै,
भाइटिकामा पर्खिबस्छिन् पलपल गन्दै ।

खोटो मेरो भाग्यलाई आशिष दिदी देली,
मेरो जुनी चोइटिदैछ बालुवामा खेली ।

आखाभरि आसु पार्दै बैनी तड्पिरहिन्,
परदेशमा रित्तो निधार दाइको सम्भिmरहिन् ।

दिन बिते वर्ष बिते बाटो मेरो हेरी,
मेरो जुनी चोइटिदैछ बालुवामा खेली ।

काव्य कुञ्ज, गठ्ठाघर, भक्तपुर ।

Wednesday, October 13, 2010

उनको पोखरा...(कविता)

-गोपीकृष्ण ढुंगाना ‘पथिक’

प्र्रकृतिका छटाहरुबीच

अन्नपूर्ण र माछापुच्छ्रेको काखमा रमाउंदै

चारैतर्फ पहरेदारहरु राखेर

मेरो स्वागतार्थ छाती थापेर

हषिर्त मुद्रामा मुस्कुराउछ – उनको पोखरा ।

मुटुको माझमा तालबाराही च्यापेर

हरिया अनि चिल्ला रेशमहरु परिरिएर

पर्वतमालाहरुमा सुस्तरी प्रतिस्पर्श गर्दै

आˆनो अपार ममता छताछुल्ल पोख्दै

गतिशील समयलाई रुकाइदिन्छ फेवाताल,

उता निशालाई बिर्साउने महेन्द्र गुफाका

अदृश्य जीजीविषाहरु पनि

मेरो भावनाहरु जित्न उकुसमुकुस हुदै

बिन्ध्याबासिनी देवीको कसम खाएर

मेरो स्वागतार्थ छाती थापेर

हषिर्त मुद्रामा मुस्कुराउंछ – उनको पोखरा ।।



आˆनै सम्पन्नतामा भरिपूर्ण भएर

दुई समानान्तर अस्तित्वहरु

एक आपसमा मितेरी लगाउदै

प्रत्येक आगमनलाई भुलाउदै

अतृप्त उपहारहरुलाई निरन्तर साटेर

हरेक संस्मरणको अंशियार बन्छन्

मुटु चुडाउने रुपाको सयरमा

बेगनास पनि गजक्क परेर

सहयात्रीहरुको पाउमा मलम लगाउदै

मेरो स्वागतार्थ छाती थापेर

हषिर्त मुद्रामा मुस्कुराउछ – उनको पोखरा ।।।



सखीको निरन्तर साथ पाएर

झरनाको स्वरमा विगुल फुक्दै

आगतहरुको अंगप्रत्यंग भिजाएर

गुप्तेश्वर महादेवलाई अंगालो मार्दै

पाषाण बनाउन उत्सुक देखिन्छ

स्वरलहरीझैं वियोगी पाताले,

अर्कोतिर धवलागिरी र साराङकोट पनि

धरहराजस्तै अग्लिएर

दुरबिन भित्रबाट चिहाउदैं

मेरो स्वागतार्थ छाती थापेर

हषिर्त मुद्रामा मुस्कुराउछ – उनको पोखरा ।।।।



दुलहीको घुम्टोझैं

आˆनो अनुहार लुकाएर पनि

जन्तीलाई आˆनो सौन्दर्यमा

मोहित बनाउने सेतीगण्डकीको चाल पनि

मणिपालको काखमा लुट्पुटिदैं

निरन्तर आˆनो स्पन्दन बाड्दै

प्रत्येक पाहुनाको बिछोडमा छट्पटिदै

ढुंगा र चट्टानहरुलाई छक्याएर

मेरो स्वागतार्थ छाती थापेर

हषिर्त मुद्रामा मुस्कुराउंछ – उनको पोखरा ।।।।।



काव्यकुञ्ज, गठ्ठाघर, भक्तपुर
http://www.kavyakunja.com/