Pages
▼
Tuesday, January 20, 2015
Saturday, January 17, 2015
पाँच दिनमा किरिया सक्दा...
पाँच दिनमा किरिया सक्दा...........
ताराप्रसाद पोखरेल | २०७१ माघ ४ आईतवार 10519 पटक पढिएको
4575
18
मैले बुबाको किरिया पाँच दिनमा सकेपछि थाहा पाएँ, 'काजकिरिया पाँच दिनमा झार्नुपर्छ
भन्ने सोचाइ धेरै मान्छेमा रहेछ।' समवेदना प्रकट गर्न आएका धेरै आफन्त र
शुभचिन्तकले भने, 'ठिक हो, राम्रो गर्नुभयो। कसै न कसैबाट सुरुआत गर्नु
थियो, धेरैले नाममात्रको १३ दिन बारेका थिए- तपाईंहरूले विधि नघटाई दिन
छोट्ट्याउनुभयो, जुन आजको आवश्यकता हो।'
यसो भन्नेहरूलाई मैले अब तपाईं पनि पाँच दिनै गर्नुहुन्छ होला नि? भनेर
सोध्दा कोहीचाहिँ हच्किए। कोहीले पाँच दिन गर्नु त राम्रो हो तर आफूबाट
सुरु गर्नु हुन्थेन अरूले गरेपछि गर्नुपथ्र्यो भने।
मृत्युसंस्कार कसरी र कति दिनमा सक्ने भन्नेमा मानिस स्वतन्त्र छ।
काजकिरिया नगर्नेहरूले पनि समाज र शास्त्रबाट छुट पाएका छन्। संसारभर जाति र
धर्मअनुसार काजकिरिया फरक ढंगले गर्दै आएको पाइन्छ। हामी दाजुभाइले पनि
त्यही गर्यौं।
पुस १६ गते साँझपख बुबाको निधन भएपछि सुनसरीमा रहेका दाजुलाई पर्खियौं।
भोलिपल्ट आर्यघाटमा दाहसंस्कार गरिरहँदा शंकरप्रसाद पोखरेलले बुबाले लिखित
रूपमा आफ्नो मृत्युसंस्कार पाँच दिनमै गरिदिनु भनेको स्मरण गराउँदै
मलामीलाई जानकारी गराउनुभयो। कसैले विरोध वा प्रतिक्रिया नजनाएपछि सजिलो
भयो।
२०६९ भदौमा आमाको काजकिरिया १३ दिन गरेका थियौं। आमाको निधन हुँदा म
क्यानडास्थित दूतावासमा कार्यरत थिएँ। आउन दुई दिन लागेको थियो। आमाले भए
मान्नु हुन्थेन पनि।
नचाहेको भए बुबाको पनि १३ दिन नै गथ्र्यौं। तर अब पाँच दिनमा नसक्दा पनि
बुबाको अन्तिम इच्छा र चाहना मार्नुपर्ने हुन्थ्यो। जीवनभर हामीलाई सन्तोष
हुन्थेन। बुबाको इच्छा पूरा गरेकोमा सन्तुष्ट छौं। १३ दिने कर्मलाई पाँच
दिने बनाएको होइन, विकल्प अपनाइएको हो। यसलाई म फड्को मारेको भन्दिनँ।
बीपी कोइरालालगायत ठूला नेताले किरिया नै गरेनन् त्यो समयमा। त्यो काम
फड्को मारेको अवश्य हो। तर अहिले केवल समयानुकूल महसुस हुँदै आएको कुराको
परिपूर्ण विकल्प हो। आमाको १३ दिने संस्कार गर्ने पण्डित रुद्र आचार्यसँग
विधिबारे सोध्दा शास्त्रीय तर्कसहित चित्तबुझ्दो उत्तर आएपछि हाम्रो परिवार
पाँचदिने मृत्युसंस्कार गर्न राजी भएको हो।
फड्को पचाउन मान्छेलाई कठिन हुँदोरहेछ तर विकल्प स्वीकार्न सहज हुँदोरहेछ।
त्यसैले पाँचदिने घटना परिवर्तन होइन, विकल्पको प्रस्तुति हो, सामाजिक
एप्रोच हो। मलाई पाँचदिने काजकिरियाको विरोधी थुप्रै होलान्, जबाफ दिनुपर्छ
भन्ने लागेको थियो तर त्यस्तो भएन।
आर्यघाटमा दाहसंस्कार गरिरहँदा शंकरप्रसाद पोखरेलले बुबाले लिखित रूपमा आफ्नो मृत्युसंस्कार पाँच दिनमै गरिदिनु भनेको स्मरण गराउँदै मलामीलाई जानकारी गराउनुभयो। कसैले विरोध वा प्रतिक्रिया नजनाएपछि सजिलो भयो।
पहिले १३ दिन हरेक ढंगले उपयुक्त थियो। अहिले समयले कोल्टे फेरेको छ।
व्यस्त समयमा विधि नघटाई दिन छोट्ट्याएर काम गर्नेलाई र काममा आबद्ध हुने
सबैलाई सहज हुने रहेछ। किरियापुत्रीलाई भेट्न आउनेले पनि यसले निरन्तरता
पाउनुपर्छ भन्ने प्रोत्साहन दिए। केहीले भने, 'आफैंबाट सुरु नगर्नुपथ्र्यो,
विरोध आयो भने? आलोचनाको भागीदार नबन्नु राम्रो।'
रोगले च्यापेका र पुसमाघको ठिहीमा चिसोले रोगी हुने मानिसको विवशतालाई पनि
पाँचदिने कर्मले विकल्प दिएको छ। अप्ठ्यारो मान्दै १३ दिन बार्नेहरूले पनि
सहज रूपमा पाँच दिन बार्न बाटो खुलेको छ। पाँच दिनमा काजकिरिया सक्ने
भन्ने समाचार आएपछि यसरी थुप्रै सार्वजनिक व्यक्तित्वसमेत आए जसले हामीलाई
विश्वास थपिदियो।
१३ दिनेमा प्रत्येक दिन एकएकवटा पिण्ड दिने परम्परा भएको र पाँचदिनेमा
पहिलो दिन एक, दोस्रो दिन चार र तेस्रो दिन पाँचवटा पिण्ड दिइने रहेछ। यो
धर्मसिन्धु र निर्णयसिन्धुमा उल्लेख छ। ११ दिनको काम चौथो दिनमा र १२ औं
दिनको काम पाँचौं दिनमा गरेर काम सकेका थियौं।
दाजु पनि काममा र म पनि काममा। देशविदेश हिँडिरहनुपर्ने र उतै बस्नु पनि
पर्ने भएकाले हामी दुवैले सेतो कपडा लगाएनौं। यो पनि फुकाउन मिल्ने रहेछ।
आमाको पनि १३ दिनको काम सकेर हामीले लुगा फुकाएका थियौं। १३ दिनको काम
सकेलगत्तै वर्षभरिका मासिक कर्म खिचेर म दुई वर्षअघि क्यानडा फर्किएको
थिएँ।
अहिले पनि कतिबेला कता पुग्नुपर्ने हो पत्तो नहुने भएकाले दुवैले
वर्षभरिका मासिक कर्म खिचेर काम सकेका छौं। दुईचार महिना गरेर बीचमा
छोड्नुपर्ने अवस्था आयो भने त्यसले पनि पिरोल्ने छ, तुस जीवनभर रहनेछ।
परराष्ट्र मन्त्रालयका सहसचिव पोखरेलसँग अन्नपूर्णका गोपीकृष्ण ढुंगानाले गरेको कुराकानीमा आधारित
परराष्ट्र मन्त्रालयका सहसचिव पोखरेलसँग अन्नपूर्णका गोपीकृष्ण ढुंगानाले गरेको कुराकानीमा आधारित
Friday, January 9, 2015
Tuesday, January 6, 2015
Thursday, January 1, 2015
कलकत्तामा बाङ्देल पुरस्कार
गोपीकृष्ण ढुंगाना
0
0
कलकत्ता : लैनसिंह बाङ्देलले
जसवीर तामाङकी बहिनीलाई मन पराउँथे। दुवैले एकआपसलाई अत्यन्तै माया गर्न थाले।
बाङ्देलको ९० औं जन्मजयन्तीका अवसरमा यसै साता लैनसिंह बाङ्देल स्मृति पुरस्कार
पाएका दार्जिलिङ निवासी साहित्यकार राजनारायण प्रधानले विगत सम्झिए, 'बाङ्देल
हल्यान्ड वा पेरिस जानुपर्ने थियो, खिडीरपुर डक (बन्दरगाह) मा पुर्याउन म पनि गएको
थिएँ, उनी पनि रुने अनि बाङ्देल सर पनि रुने। दुईतर्फी रुवावासीले मलाई पनि प्रेमको
महत्त्व बुझाएको थियो।'
७९ वर्षीय प्रधानलाई बाङ्देलका नामबाट यसरी
पुरस्कार पाउँला भन्ने कल्पनासम्म रहेनछ। कलकत्तामा रहेका नेपाली भाषीले साहित्यका
नाममा स्थापना गरेको पहिलो पुरस्कार हो यो। सानो छँदा दाजु चित्र सिक्न जाने क्रममा
प्रधानले पनि बाङ्देललाई गुरु मानेका थिए।
बाङ्देलले आफूलाई भने कहिले १० वटा रूखका नाम त
कहिले १० वटा फूलका नाम लेख्न लगाउँथे। जुन उनका लागि अत्यन्त कठिन कार्य हुन्थ्यो।
उनले भने, 'पछि नेपालको तेह्रथुमको आठराईमा शिक्षण गर्ने मदन थापा (पछि शारदा
हाइस्कुलका प्रधानाध्यापक) की दिदीलाई बिहे गर्नुभयो।'
उनलाई कलकत्तामा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष
खिलराज रेग्मीले पुरस्कार प्रदान गरे। 'यस्तो मीठो संयोगको पनि कल्पना थिएन मलाई',
उनले भने, 'दुवै कुराले खुसी लागेको छ।
पुरस्कारको राशि (पाँच हजार भारतीय रुपैयाँ) ठूलो
कुरो होइन, मलाई पाठकले पढ्दा र रुचाउँदा रहेछन् भन्ने बलियो प्रमाण हो। मलाई यो
संयोगले अत्यन्तै उत्साहित बनाएको छ।'
प्रधानको मूल विधा जीवनी लेखन नै हो। उनले
विश्वका '१५ प्रसिद्ध पुरुष', विश्वका 'नौ नामी नेता' र नेपालका समेत गरी '६०
विख्यात प्रतिभा' जस्ता कृति लेखेका छन्।
प्रधानले जसको नाम (बाङ्देल) बाट पुरस्कार पाए,
उनबाट परेको प्रेमको प्रभावलाई आफ्नो जीवनमा कसरी उतार्नु भयो? भन्ने प्रश्नमा झनै
रोचक प्रसंग सुनाए।
दार्जिलिङमा प्रधान कक्षा ४ मा पढ्दा उनी २ मा।
कक्षा १० मै पढ्दै गर्दा केटीको बिहे भयो। तर त्यो लाहुरेले पाँच वर्षका लागि
माइतमै छोडेर गयो।
केटीकी आमाले घरमै ट्युसन पढाउन प्रस्ताव गरिन् प्रधानलाई। के खोज्छस् कानो आँखो भनेझैँ भयो रे उनलाई। धनी परिवारकी केटी तर उनी गरिब। आमाका कारणले बिहे भएको र आफू अझै पनि मन पराउँछु भन्ने कुराकानी भए ट्युसनमा।
'मलाई साँच्चै माया गर्ने हो भने भगाएर लैजानू
भनिन्', उनले सम्झे, 'थरर कामें केटीका कुराले। मेरो त्यो बेला त्यत्रो हिम्मत
भएन।' प्रधानका अनुसार, उनको उनीसँग अझै खर्साङमा भेट भइरहन्छ।
बाङ्देल प्रतिष्ठानले आयोजना गरेको पुरस्कार
वितरण समारोहमा भारतका तर्फबाट सिलिगुढी निवासी बुद्धदेव देवान र नेपालका तर्फबाट
राधेश्याम लेकालीलाई सम्मान गरिएको थियो।






