Sunday, November 14, 2010

भाइटिका र भाग्य

-गोपीकृष्ण ढुंगाना 'पथिक'

बार्दलीमा माला उन्दै बाटो हेर्लिन चेली,
मेरो जुनी चोइटिदैछ बालुवामा खेली ।

गोदावरी गलाभरि उन्ने आश लिदै,
भाइटिकामा पर्खिबस्छिन् पलपल गन्दै ।

खोटो मेरो भाग्यलाई आशिष दिदी देली,
मेरो जुनी चोइटिदैछ बालुवामा खेली ।

आखाभरि आसु पार्दै बैनी तड्पिरहिन्,
परदेशमा रित्तो निधार दाइको सम्भिmरहिन् ।

दिन बिते वर्ष बिते बाटो मेरो हेरी,
मेरो जुनी चोइटिदैछ बालुवामा खेली ।

काव्य कुञ्ज, गठ्ठाघर, भक्तपुर ।

sky bridge gongabu