Saturday, January 15, 2011

तिम्रो मन...

तिम्रो मन

-गोपीकृष्ण ढुंगाना

तिम्रो मन कस्तो कस्तो छैन मेरो जस्तो,
यस्तो लाग्छ बजारमा भए साह्रै सस्तो ।

मुस्कान छोड्न नपाउदै छुटाउथ्यौ हासो,
लठि्ठएछु हासो बन्यो जीवनको पासो ।
बादलभित्र झुल्के घाम लाग्छौ किन यस्तो,
तिम्रो मन कस्तो कस्तो छैन मेरो जस्तो ।

मन पराउने कति कति जवानीमा हुदा,
कुरें तिम्रै बाटो अरु मेरो सामू रुदा ।
छैनौं भनू आखाभरि बन्छ्यौ तृष्णा उस्तो,
तिम्रो मन कस्तो कस्तो छैन मेरो जस्तो ।

काव्य कुञ्ज, भक्तपुर
काव्यकुञ्ज डट कम

No comments:

Post a Comment