बाह्र वर्षपछि बराहक्षेत्रमा पूर्णकुम्भ
गोपीकृष्ण ढुंगाना
सुनसरी (चतराधाम): बाह्र वर्षपछि आगामी चैतमा सुनसरीको बराहक्षेत्रमा पूर्णकुम्भ लाग्ने भएको छ। करिब एक करोड भक्तजन उतार्ने लक्ष्यसहित कुम्भको तयारी तीब्ररूपमा भइरहेको छ। सुनसरी जिल्लाको बराहक्षेत्र गाविसको चतराधाममा चैत महिनाको शुक्ल पक्षदेखि वैशाख महिनाको शुक्ल पक्षसम्म एक महिना हुने उक्त कुम्भका लागि भारतका जगद्गुरू, शंकराचार्य आदिलाई निम्ता गर्नेदेखि कुम्भ क्षेत्रको भौतिक तयारीसमेत भइरहेको हो। यो तेस्रो पूर्णकुम्भ हो।
नेपालका प्रथम जगद्गुरू श्री बालसन्त मोहनशरण देवाचार्य महाराजजीले केही महिनादेखि पूर्णकुम्भको तयारी भइरहेको बताए। उनले अन्नपूर्णसँग भने, ‘पूर्णकुम्भको तयारीका लागि कम्तिमा एक वर्षको तयारी चाहिन्छ। आगामी चैतमा पर्ने पूर्णकुम्भका लागि सानोतिना तयारी भएकै थिए तर अब केही महिनामात्र बाँकी रहेकाले विशेष तयारीमा छौं।’ उनका अनुसार, पूर्णकुम्भका लागि चतराधामलाई १६ वटा क्षेत्रमा विभाजन गरिएको छ।
जसअनुसार, वराह क्षेत्र, चतराघाटदेखि महिलाआश्रमसम्मको क्षेत्र, कुम्भस्तम्भ र बौद्धगुम्बा क्षेत्र, राधा सर्वेश्वर परिसर क्षेत्र, जगद्गुरूपीठ क्षेत्र, अद्धैत आश्रम र जोस्मनी मठ क्षेत्र, शंकराचार्य मठ क्षेत्र, रामानन्द सेवा पीठ क्षेत्र, प्रस्तावित बल्लवाचार्य र मध्वाचार्य मठ क्षेत्र, तेरआरडी क्षेत्र, भूबराह रामानुपीठ क्षेत्र, बयरवन क्षेत्र, चतरा बसस्ट्याण्ड क्षेत्र, औलिया बाबा क्षेत्र, प्राचीन हरिद्धार बजार क्षेत्र र कौशिकी टापू क्षेत्र छन्। पूर्णकुम्भमा करिब एक करोड भक्तजन आउने जगद्गुरूको भनाइ छ। उनले भने, ‘सुरक्षाका दृष्टिले कम्तिमा छवटा बेसक्याम्प राख्ने तयारी भएको छ।’
जगद्गुरू आश्रमअन्तर्गतको गुरूकूलका प्राचार्य हरिशरण उपाध्याय रेग्मीका अनुसार, क्षेत्रीय प्रशासक शंकरप्रसाद अधिकारीको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, सशस्त्र र जनपद प्रहरी लगायतको समिति बनेको छ। कुम्भको भौतिक निर्माणका लागि खानेपानी, विद्युत, सडक लगायतको काम पनि अघि बढिसकेको उनको भनाइ छ। उनले भने, ‘कौशिकी नदीमा नुहाउनका लागि नदीकिनारमा दर्जनबढी अस्थायी टहरा निर्माण हुनेछन् भने करिब पाँच हजार अस्थायी शौचालय बनाउने तयारीमा छौं।’ उनले सोहीअनुसार खानेपानी, सडक, बसपार्क र नदी पारी तर्न तीनवटा अस्थायी पुलसमेत निर्माण गरिने जानकारी दिए। गतवर्ष भारतको इलाहावादमा महाकुम्भ सम्पन्न भएको थियो। गंगा, जमुना र सरस्वती नदीको संगमस्थलमा सम्पन्न महाकुम्भमा भारत सरकारले करिब २२ सय करोड भारतीय रूपैयाँ खर्च गरेको थियो।
भारतको महाकुम्भ भएकै बेलादेखि आफैंले नेपालको कुम्भका लागि भारतका जगद्गुरूहरू, शंकराचार्यहरू, प्रसिद्ध पीठाधीश्वरहरूलाई निमन्त्रणा दिएको जगद्गुरूले जानकारी दिए। उनका अनुसार, स्वामी रामदेव, निम्बर्काचार्य, मृत्युञ्जय त्रिपाठी, डा. सुधाकर मिश्र, पाइलट बाबा, मध्र्वाचार्य, अवधेशानन्दजी, सत्य मित्रानन्दजी महाराज, हंसदेवाचार्य, काशी विद्धत परिषद् एवं काशी पण्डित सभाका विद्धानहरूलाई निमन्त्रणा दिइएको हो। यसबाहेक वृन्दावन, अयोध्या, हरियाणा, पंजाब, बनारस, कुरूक्षेत्र लगायतका क्षेत्रका मुख्य व्यक्तिहरूलाई बोलाइएको उनको भनाइ छ। कुम्भको खर्चका लागि भने भक्तजनबाट प्राप्त हुने भेटीबाटै सञ्चालन गरिने उनको भनाइ छ।
‘भारतमा सरकार स्वयं कुम्भका लागि खर्च गर्न तयार छ तर नेपालमा त्यो अवस्था बनिसकेको छैन’, जगद्गुरू देवाचार्यले भने, ‘एक्लो प्रयासलाई स्थानीय बासिन्दा र सरकारका स्थानीय निकाय तथा कार्यालयको सहयोग प्राप्त भएको छ। कुम्भको महत्त्व बुझेर सरकारले नै भारतको जस्तो प्रयास गरे नेपाल पनि धार्मिक पर्यटनमा निकै अघि बढ्ने थियो।’

No comments:
Post a Comment