आजको विशेष http://annapost.com/special/news10468
प्रस्तुति : गोपीकृष्ण ढुंगाना
सत्यमोहन जोशी
दरबार हाइस्कुल पढिसक्दासम्म साहित्यमा कुनै चासो थिएन ममा। शिक्षकले पनि राम्रो व्याख्या गर्दैनथे। त्यसैले पनि साहित्यको रसास्वादन हुन पाएन। कोर्स बुकमा भएका कुरा घोकन्ते विद्यामात्र भयो। त्यसैले जसरी पनि पास हुनेमात्र ध्याउन्न थियो। क्याम्पसका लागि १९९८ सालमा त्रिचन्द्रमा आईए पढ्न भर्ना भएँ। त्रिचन्द्र बिहारस्थित पटना विश्वविद्यालयको सम्बन्धनमा चलेकाले परीक्षा लिन पनि उतैबाट आउँथे, परिणाम पनि उतैबाट पठाउँथे। त्यो बेला राजधानीमा पाँचतारे त के एकतारे होटलसम्म थिएन। त्रिपुरेश्वरको अहिलेको वल्र्ड टे्रड सेन्टर भएको ठाउँमा सरकारी गेस्ट हाउस थियो, ती पाहुनालाई त्यहीँ राखिन्थ्यो। आउनजान बग्गीको व्यवस्था गरिएको थियो।
आईएमा संस्कृत, अर्थशास्त्र र इतिहास लिएको थिएँ। इतिहासमा बेलायत र ब्रिटिस इन्डियाबारे पढाइ हुन्थ्यो। स्कुलमा नभएकाले पहिलोपटक अर्थशास्त्र विषय थाहा पाएको थिएँ। संस्कृतमा कालीदास, रघुवंश र भर्तृहरिको पढ्नुपथ्र्यो। कालीदास र रघुवंश पढ्दा साहित्यको चर्चा हुन्थ्यो। जहाँ छन्द र ह्रस्वदीर्घबारे बुझेँ। पुस्तकमा विस्तृत कुरा दिएकाले मजैले पढियो। संस्कृत साहित्यका धेरै गतिविधि थाहा भयो।
यसै मेसोमा वसन्त, फूल, खरायो र सिंहजस्ता विषयमा छन्दमा बालकविता लेखेँ। गोरखापत्र र शारदामा छापियो। क्याम्पसमा लिजर टाइम धेरै हुन्थ्यो। त्यो बेला घुम्न जाने अहिलेजस्तो चलन थिएन। घन्टाघरको पछाडिपट्टि नेपाली भाषा प्रकाशिनी समितिको कार्यालय थियो। बालकृष्ण सम अध्यक्ष थिए, त्यहाँ पस्ने कुरै हुन्थेन। क्याम्पसका साइन्स ब्लक बन्दै थियो। त्यसको तेस्रो तलामा तीनवटा कोठा थिए; जहाँ भाषा अनुवाद परिषद्को कार्यालय थियो। एउटामा पुष्करशमशेर, अर्को कोठामा (हालका राष्ट्रकवि) माधव घिमिरे र बद्रीनाथ भट्टराई र अर्को कोठामा (पछि महाकवि बनेका) लक्ष्मीप्रसाद देवकोटा थिए।
कक्षा नभएका बेला हामी परिषद्को कार्यालयतिर पुगेका थियौं। देवकोटा कोठामा वरपर र बाहिरभित्र गर्दै थिए। उनले ‘को हो?’ भने। हामीले ‘विद्यार्थी’ भन्यौं। उनले बस भने। त्यहीँ चिनजान भयो। त्यसअघि मलाई उनीबारे थाहै थिएन। छन्दबारे कुरा भएपछि रस पसिसकेको मलाई सकसक भयो। मैले फ्याट्टै ‘म पनि कविता लेख्छु’ भनिहालेँ। ‘सुनाऊ त’ भने। मौकामा मैले पनि सुनाइहालेँ। सुनिसकेपछि देवकोटा निकै खुसी भए, मलाई ठूलै हौसला भयो। उनलाई पनि झोक चलेछ। ल लेख भन्दै कोठामा वरपर गर्दै सिंह र खरायोको विषयमा भने। मैले लेखेँ। त्यो बेला थाहा पाएँ- देवकोटामा कत्रो बुद्धि, ज्ञान र क्षमता?
कपडाको थैलीमा पैसा
त्यति बेला कागजको नोट निस्किएको थिएन। म क्याम्पसबाट फर्किंदै थिएँ। देवकोटा कपडाको थैलीमा एकदमै गह्रुँगो हुने गरी चाँदीका सिक्का बोकेर आउँदै गरेको भेटेँ। लाग्यो, ‘कुनै व्यक्ति वा पियनलाई बोकाएर लगे भइहाल्थ्यो नि, के दु:ख गरेको यस्तो।’ परिषद्मा भेट्दा ‘शाकुन्तल’ लेखेका थिए। सायद त्यसकै पारिश्रमिक पाएको खुसियाली हुनुपर्छ।
उनको अनुहारमा कति भव्य हर्ष थियो भने ममा समेत उमंग जागेको थियो। उनी मुखमा चुरोट च्यापेर पैसाको भारीसँगै बागबजारबाट डिल्लीबजारतिर मोडिए। एक मनले भन्यो, ‘त्यो पैसा बोकेर घर पुर्याइदिऊँ। तर फेरि आफू जानुपर्ने पाटन। किताबको भारी छँदैथियो आफूसँग।’ पैसा पाए पनि चुरोट, मासु आदिको तिर्दा घर पुग्दैनथ्यो भनेको सुनेको थिएँ, खै त्यो दिन के गरे। पछि घर पत्ता लगाएर पुगेँ। घरमा उनी कोठा होइन, चोटामा भेट दिन्थे। गुन्द्री ओछ्याएका हुन्थे। त्यहीँ बसेर साहित्यिक कुराकानी गरेँ। त्यो बेला धेरै प्रेरणा मिलेको थियो।
मन्त्रालय थाहै रहेनछ
डा. केआई सिंह प्रधानमन्त्री हुँदाको प्रसंग हो। देवकोटालाई शिक्षामन्त्री घोषणा गरियो। भोलिपल्ट बिहानै देवकोटाको घर पुगेँ, बधाई दिन। ड्राइभर गाडी लिएर पुगेको रहेछ तर देवकोटालाई सिंहदरबारभित्र शिक्षा मन्त्रालय कहाँ छ भन्ने नै थाहा रहेनछ। एकैछिनमा उनका छोरीज्वाइँ साइकलमा आइपुगे। अहिलेजस्तो नभएकाले सितिमिति कुन कार्यालय कता भनेर सिंहदरबारमा पत्तो पाइन्नथ्यो। मैले त्यसो भए म पुर्याइदिन्छु भनेर लगेँ। साथमा उनका ज्वाइँ पनि गए।
आर्यघाटमा पनि चुरोट
लोकसंस्कृतिका विषयमा लेख लेख्थेँ। कुनै बेला देखाएको लेख देवकोटाकै घरमा रहेछ। देवकोटाको निधनपछि उनका छोरा पदमले कागजात मिलाउने क्रममा मेरो नामको लेख भेटेछन्। मधुपर्कमा सोधेर दिएछन्। पछि पारिश्रमिकका लागि बोलाउँदा पो थाहा पाएँ, कसरी लेख छापियो भनेर। त्यसभन्दा केहीअघि देवकोटालाई क्यान्सर भएको र रोगले च्यापेको सुनेपछि शान्तभवनस्थित मिसनरी अस्पताल पुगेको थिएँ। अन्तिम समय भयो भनेर आर्यघाट पुर्याएपछि पनि हेर्न गएको थिएँ।
अन्तिम अवस्थामा आर्यघाट राखिने भएकाले हेर्न पुग्दा गालाका मासु सबै टाँसिएको थियो। मुहार अँगारजस्तै कालो थियो। तर, देवकोटाचाहिँ मुखमा चुरोट च्यापेर धुवाँ उडाइरहेका थिए। डाक्टरले पनि अन्तिम भएपछि इच्छा लागेको गर्नू भनेका रहेछन्।

No comments:
Post a Comment