- गोपीकृष्ण ढुंगाना/मनोज श्रेष्ठ
काठमाडौं : ‘म आफ्नो जीवन-धर्कोको डोरीका पोयाहरू फुकाउँदैछु। पोयाका बाबियाहरू फुकाउँदैछु। बाबियाका त्यान्द्राहरू केलाउँदैछु। सेक्सपियरले ‘द अब्जेक्ट अफ आर्ट इज टु गिभ लाइफ अ सेप’ भनेझैं कलाको उद्देश्य जीवनलाई आकार दिनु हो भने यहाँ म आफ्नो जीवन-धर्कोको आकार कुँद्दै छु।’
‘अन्तर्मनको यात्रा’ मा यस्ता पंक्ति लेख्ने लेखक जगदीश घिमिरे अब हामीबीच रहेनन्। ‘बाँच्नु अल्पकालीन समाधान हो, मर्नु दीर्घकालीन’ भन्दै जगदीशले ६८ वर्षको उमेरमा बिहीबार दीर्घकालीन बाटो रोजे। छोरी जूनले जाउलो खुवाउन खोज्दा चाबहिलस्थित ओम अस्पतालमा उपचार गराइरहेका लेखक तथा साहित्यकार जगदीश घिमिरेले दही खाने इच्छा गरेका रहेछन्। अचेत हुनुअघि जगदीशले छोरा हिमालसँग दही मगाएर खाँदै गरेको अवस्थामा छोरीले जाउलो खुवाउन खोजेकी रहिछन्।
‘मुख बिग्रन्छ, अहिले म दही नै खान्छु, जाउलो खान्नँ’, बुवाले बिहीबार बिहान लगभग साढे ३ बजे भनेको सम्झिँदै हिमाल भन्छन्, ‘बुवाको यो शब्द नै अन्तिम हो। र, उहाँले खाएको वा पिएको ठोस पदार्थ पनि दही नै हो। त्यसपछि एक घन्टा अचेत हुनुभयो। बिहान ५ बजेर ५५ मिनेमा जाँदा उहाँको सास गयो।’
२०६२/६३ सालको जनआन्दोलन दबाउन प्रशासनले लगाएको कफ्र्युकै दिन लेखक तथा साहित्यकार जगदीश घिमिरेले आफूलाई ब्लड क्यान्सर लागेको पत्तो पाए। त्यो बेला उनी अमेरिकामा थिए।
विसं २००२ चैतमा मन्थली रामेछापमा जन्मिएका घिमिरेका एक छोरा र एक छोरी छन्। उनलाई एक महिनादेखि चाबहिलस्थित ओम अस्पतालमा राखिएको थियो। सामान्यजस्तै गरी उनलाई अस्पतालमा उपचार गराइराखिएको थियो।
छोरा हिमालका अनुसार निधन हुनुअघि एक घन्टामात्रै उहाँ अचेत हुनुभयो। ‘अस्पतालमै रहँदा कोको आए, केके भनेजस्ता कुरा गरिरहनुहुन्थ्यो’, अस्पतालको शय्यामा भएका जगदीशले भनेका कुरा सम्झिँदै हिमालले भने, ‘उहाँ कहिल्यै हार्नुभएन, सधैं लडिरहनुभयो। यो समाज र आफ्नै मृत्युसँग।’
बिहीबार बिहान त्यस्तै साढे ६ बजे शव अस्पतालबाट सीधै पशुपति आर्यघाटमा पुर्याइएको थियो। करिब साढे तीन घन्टा श्रद्धाञ्जलिका लागि राखेपछि मध्याह्न १२ बजे छोरा हिमालले दागबत्ती दिएका थिए।
पत्नी दुर्गा घिमिरेका अनुसार जगदीशलाई अस्पतालमा ३४ दिन राखियो। चोभारनिवासी उनले भनिन्, ‘पाँच दिनदेखि चिकित्सकले कसैलाई भेट्न दिएका थिएनन्।’
जगदीशलाई अन्तिम श्रद्धाञ्जलि दिन दर्जनौं साहित्यकार र सयौं शुभचिन्तक आर्यघाट पुगेका थिए। वरिष्ठ कवि तुलसी दिवसले प्रस्ट वक्ता र प्रखर लेखकको निधन भएको बताए। उनले अन्नपूर्णसँग भने, ‘जगदीश जे लेख्थे त्यो बाँच्थे, जे बोल्थे त्यो गर्थे। आत्मविश्वासका साथ काम गर्ने उनको द्वैध चरित्र थिएन।’ सरकारले सिर्जनाभन्दा स्रष्टालाई महत्त्व दिनुपर्ने उनको भनाइ थियो। भने, ‘यहाँ बाँचुन्जेल कसैले केही गर्दैन, मरेपछि गोहीको आँसु चुहाउने प्रवृत्ति जीवितै छ।’
‘दयाको पात्र हुनुभन्दा ईष्र्याको पात्र हुनु बेस’, आफ्नो ईष्र्या गर्नेहरूबीच कुरा चल्दा यही अंग्रेजी आहान जगदीशले ‘अन्तर्मनको यात्रा’ मा लेखेका छन्। जगदीश जति बाँचे ईष्र्यालाग्दो लेखे र काम गरे। समकालीन ज्ञानुवाकर पौडेल भन्छन्, ‘उनले जन्मथलो रामेछापको मन्थलीमा २०३९ सालमा तामाकोसी सेवा समिति स्थापना गरेर अस्पताल, त्यसपछि बैंक स्थापना गरे। सबैभन्दा महत्त्वपूर्ण उनले सरकारले नगरिरहेको काम प्रत्येक घरमा खानेपानी पुर्याएर मन्थलीवासीलाई गुन लगाए।’
जगदीशको पहिलो साहित्यिक अन्तर्वार्ता लिएर ‘रचना’ मा छाप्ने पौडेलले जगदीशलाई उपमा दिँदै भने, ‘जगदीश घिमिरे साहित्यिक सेलिब्रेटी हुन्, रोल मोडल हुन्।’
‘अन्तर्मनको यात्रा’ २०६४ ले चिनिएका उनले सोही कृतिका लागि मदन पुरस्कार, उत्तम शान्ति पुरस्कार र मैनाली कथा पुरस्कारसमेत पाएका थिए। २०२७ सालमा ‘लिलाम’ उपन्यास लेखेका उनले ‘साबिती’, ‘सन्तान’, ‘बर्दी’, ‘अग्निसूत्र’ हुँदै अन्तिम कृतिका रूपमा २०६९ सालमा ‘सकस’ लेखेका थिए।
‘साहित्य सत्यको अनुसन्धान हो, राजनीति झूठको खेती। साहित्यको वाहन चन्दनजस्तो सुवासित विवेक हो, राजनीतिको वाहन श्रीखण्डकै भए पनि दाउराको सैद्धान्तिक भारी बोक्ने विवेकशून्य गधा हो’, साहित्यप्रति यस्तो धारणा बनाएका जगदीशले उपन्यास, नाटक, कथा, कविता आदि विधामा कलम चलाएका थिए।
साहित्यकार ध्रुवचन्द गौतमले भने, ‘साहित्यमा अन्तर्मनको यात्रा र सकस कालजयी कृति बने। मलाई त उनको कथाकारिता पनि उत्कृष्ट लाग्छ। नाटक सन्तान र उपन्यास साबिति अत्यन्तै मन परेको कृति हो।’
उपचारका क्रममा चिकित्सकले ‘माइलोमा’ पीडितको औसत आयु तीनचार वर्ष हुन्छ भनेका थिए। तर, जगदीश मृत्युलाई औंला उठाउँदै आत्मविश्वास र औषधिले साढे सात वर्ष बाँचे। उपचारका क्रममा लेखिएको अन्तर्मनको यात्रामा वरिष्ठ साहित्यकार मदनमणि दीक्षितले भूमिका लेखेका थिए, ‘जीवनयात्राको कारूणिक तथा कलात्मक अभिलेख… प्रत्येक स्वाभिमानीले यो पुस्तकमा आफू चित्रित भएको पाउनेछ।’
माइला दाजु नगेन्द्र शर्माले साइँलो भाइ जगदीशकै इच्छाअनुरूप प्रज्ञाप्रतिष्ठानमा श्रद्धाञ्जलिका लागि नराखिएको बताए। भने, ‘ऊलगायतको हाम्रो एउटा समूहले प्रतिष्ठान प्रतिष्ठान रहेन, पार्टीका कार्यकर्ता भर्ती गर्ने थलो बन्यो भनेर केही वर्षदेखि प्रतिष्ठानका औपचारिक कार्यक्रमसमेत बहिष्कार गरेका थियौं।’ उनका अनुसार जगदीशले राजनीतिक टिप्पणीहरूको संग्रह ‘चेतना भया’ र लेख र अन्तर्वार्ताहरूको संग्रह ‘छ्यासमिस’ प्रकाशनका लागि कृतिका रूपमा तयार पारेका थिए।
विसं २०२७ मा नेपालगन्ज आएको समयदेखि चिनजान र घनिष्ठ भएको बताउने प्रतिष्ठानका सदस्यसचिव सनत रेग्मीले भने, ‘उहाँ इच्छुक नभपपछि कर गरेनौं। उहाँको व्यक्ति त्व पनि यस्तो सम्मान नखोज्ने पृथक् थियो।’

No comments:
Post a Comment