आजको विशेष
- गोपीकृष्ण ढुंगाना
‘नटिप्नू हेर कोपिला
नच्यात्नू पाप लाग्दछ…।’
कक्षा ४ मा पढ्दा गीता त्रिपाठीलाई पहिलोपटक यही पंक्ति कण्ठस्थ थियो। स्कुलमा सस्वर घोकेर आएको त्यो कविताको मर्म त्यस बेला नै उनले व्यवहारमा उतार्थिन्। ‘जब म आँगनको डिलमा ढपक्क भएर फुलेका अनेक जातका सुन्दर फूलहरूका थुंगा छुन डराउँथेँ’, उनी बाल्यकाल स्मरण गर्छिन्, ‘त्यो कविता पढेपछि हामीले केटाकेटी खेलमा देउताको मन्दिर बनाएर फूल च्यात्दै चढाउने क्रम बन्द गर्यौं। हाम्रो बालमस्तिष्कले फूललाई फूलैमात्र त देख्न सक्यो त्यति बेला।’
देवकोटाको श्लोकले प्रथम
गीता निम्न मध्यमवर्गीय परिवारमा जन्मिएकीले पनि आमा र अग्रजहरूबाट जीवनमा कयौं पटक सुनिसकेको देवकोटाको अर्को कवितांश हो, ‘हातका मैला सुनका थैला के गर्नु धनले…।’ भन्छिन्, ‘यो श्लोक त जनजनको मुखमा थियो, यसलाई सुन्न स्कुल जानु वा किताबै पल्टाउनु पर्दैनथ्यो।’ पछि पद्मकन्या क्याम्पसमा प्रवीणता प्रमाणपत्र तहमा अध्ययन गर्दा डा. वानीरा गिरीले यही श्लोकको व्याख्या गर्न दिनुभयो। स्वतन्त्र सिर्जनात्मक व्याख्याका लागि दिइएको कक्षा परीक्षामा पचास पूर्णांकमा पैंतालीस अंक पाएर प्रथम भएको प्रसंग उनी अझै बिर्सन्नन्। थप्छिन्, ‘वर्षौंपछि स्मृतिमा तरंगित हुँदा पैंतालीस नम्बर पाएर प्रथम भएको प्रसंग अझै मीठो लागिरहन्छ।’
२०५२ सालमा देवकोटाकै जन्म सहर काठमाडौंमा घर बनाएपछि उनले घरको भित्तामा महाकविको एउटा तस्बिर झुन्ड्याएकी थिइन्। घरप्रवेशको साइत पनि त्यही तस्बिरलाई मानेकी थिइन् गीताले। ‘निराकार अविदितको यात्रामा निक्लेका उनी अद्यापि त्यो तस्बिर हुँदै मेरो अजस्र आदरमा उसरी नै जाग्रत भइरहेको पाउँछु’, गीता भन्छिन्, ‘केही वर्षदेखि विद्यार्थीका लागि उनका निश्चित कविता र निबन्धका व्याख्याता भएकी छु।’ प्रकृति र जीवनबीचको मिहिन सम्बन्ध बुझ्न देवकोटाले सिकाएको उनी ताउँछिन्। थप्छिन्, ‘देवकोटाले मात्र यो सम्बन्ध अनुभूत गर्न सकेको पाउँछु, सायद त्यो उनकै स्वीकारोक्तिको छैटौं इन्द्रियका कारणले सम्भव भएको हो।’
नयाँ पुस्तालाई खुराक
नयाँ पुस्तासँग साक्षात्कार गरिरहन महाकवि लक्ष्मीप्रसाद देवकोटाका छोरा पद्मप्रसाद देवकोटालगायतले महाकवि लक्ष्मीप्रसाद देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्र खोलेका छन्। केन्द्रले देवकोटासम्बन्धी वार्षिक कार्यक्रम, सम्मेलनमा कार्यपत्र प्रस्तुत र छलफल गर्दै आएको छ। यसका साथै देवकोटाका कृतिलाई अन्य भाषामा अनुवाद गर्छ र अप्रकाशित उनका पाण्डुलिपिलाई कृतिको रूप दिन्छ। केन्द्रका पूर्वसचिव केशव सिग्देलका अनुसार केन्द्रले देवकोटासम्बन्धी विभिन्न विषयमा वर्षमा चारवटा जर्नल प्रकाशन गर्छ; जुन नेपाली र अंग्रेजी दुवै भाषामा हुन्छ। केशव भन्छन्, ‘यी सबै गतिविधिले नयाँ पुस्तालाई महाकवि देवकोटाका बारेमा बुझ्न प्रशस्तै सहयोग पुर्याइरहेको छ।’
सिग्देलका अनुसार केन्द्रले देवकोटाका बारेमा शोध गर्ने वा अन्य केही अनुसन्धान गर्नेलाई प्रोत्साहनस्वरूप विद्वत्वृत्ति प्रदान गर्दै आएको छ। उनी नयाँ पुस्तालाई देवकोटा महान्, ठूला र राम्रा साहित्यकारमात्र भनिएको तर त्यसबारेको कारण प्रस्ट रूपमा नदिइएको गुनासो गर्छन्। देवकोटालाई थप प्रचारप्रसार गर्न केन्द्रमा आबद्ध हुन पाउँदा अत्यन्तै गर्व लागेको बताउने उनी थप्छन्, ‘विश्वस्तरका यी नेपाली साहित्यकारका बारेमा अझै पनि नयाँ पुस्ता अनभिज्ञ छ। केन्द्रमात्र होइन, सम्बन्धित सबैले उनका बारेमा सक्दो जानकारी दिलाउनुपर्छ।’
देवकोटाको राजनीति
चलचित्र निर्देशक यादव खरेलले देवकोटालाई नयाँ पुस्तामा लैजान स्वयंसेवक बनेर ठूलै मेहनत गरे। ६ वर्षअघिको प्रसंग हो, खरेलले ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा’ नामको ठूलो पर्दाको वृत्तचित्र बनाए। डिल्लीबजारस्थित प्रांगणमा देवकोटाको मूर्ति राख्ने नेपाल सांस्कृतिक संघले लगानी गरेको उक्त वृत्तचित्रले नयाँ पुस्तालाई धेरै ज्ञान दिने उनी बताउँछन्। खरेल भन्छन्, ‘जीवनीमा महाकविका धेरै कुरा आएका छन् तर जति प्रदर्शन गरिनुपर्थ्यो यति नभएकै कारण युवा पुस्ता देवकोटाबारे अनभिज्ञ छन्। केही बुझेकाले पनि गहन ढंगले देवकोटालाई बुझ्न पाएका छैनन्।’
उनले त्यही वृत्तचित्रलाई आलेखका रूपमा कृतिको स्वरूप पनि दिएका छन्। वृत्तचित्र ९० मिनेटको छ। वृत्तचित्रमा उनले प्रज्ञाप्रतिष्ठान र बालसाहित्यका बारेमा देवकोटाको योगदानबारे राष्ट्रकवि माधव घिमिरेको र साहित्यिक काव्ययात्राका बारेमा इन्द्रबहादुर राईको अन्तर्वार्ता समावेश गराएका छन्।
देवकोटा राजनीतिमा लागेको घटना थोरै साहित्यकारलाई थाहा होला। खरेल भन्छन्, ‘देवकोटालाई केदारमान व्यथितले दार्जिलिङ र बनारस लिएर गएको र त्यस बेला नेपाली कांग्रेसको मुखपत्रको उनले सम्पादन गरेको विषय पनि वृत्तचित्रमा समावेश गरेको छु।’ देवकोटाका विविध आयाममाथि वृत्तचित्र बनाउन पाउनु गर्वको कुरो भएको उनको भनाइ छ। २०१६ सालमा मृत्यु भएका देवकोटासम्बन्धी दृश्य र श्रव्य कुरा वृत्तचित्रमा समेट्न नपाउँदा भने खरेल दु:खी छन्। थप्छन्, ‘नयाँ पुस्तालाई अत्यन्तै ऊर्जा र प्रेरणाका स्रोत देवकोटाको एउटा वाक्यमात्र श्रव्य राख्न पाइयो। त्यो पनि उपचाररत डाक्टरले अन्तिम अवस्थामा देवकोटाले विष खान देऊ भनेको वाक्य रेकर्ड गराएका रहेछन्।’ देवकोटालाई बुझ्न वृत्तचित्र र उक्त पुस्तक धेरै हदसम्म सहयोगी हुने भए पनि प्रचारको अभाव देखिएको उनको गुनासो छ।
शोधमा देवकोटाका सिर्जना
त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागमा प्राध्यापनरत प्राध्यापक डा. खगेन्द्रप्रसाद लुइँटेलले आफ्नो विद्यावारिधिका क्रममा देवकोटाको ‘मुनामदन’ लाई रोजे। ‘कविताको संरचनात्मक विश्लेषण’ विषयमा २०५८ सालमा विद्यावारिधि गर्ने क्रममा कविताको तीन थरी संरचना रोज्नुपर्यो। लुइँटेल भन्छन्, ‘तीनमध्ये आख्यानात्मक संरचनामा देवकोटाको मुनामदनलाई रोजेको थिएँ। यसले मेरो विद्यावारिधिको विषयलाई पनि गम्भीर र ओजपूर्ण बनाएको थियो।’ स्नातकोत्तर तहको प्रथम वर्षमा देवकोटाका फुटकर नेपाली कविता र द्वितीय वर्षमा मुनामदन खण्डकाव्य र शाकुन्तल महाकाव्य अध्ययन गर्नुपर्छ।
साथै दोस्रो वर्षको ऐच्छिक अध्ययनमा देवकोटाको विशेष अध्ययन रोज्न सकिन्छ। देवकोटाका कृतिका विषयमा शोधपत्र लेख्ने केही विद्यार्थीको शोधनिर्देशकका रूपमा काम गरिसकेका लुइँटेल भन्छन्, ‘गहन अध्ययन गर्ने र देवकोटालाई बुझेकाले मात्र उनका कृतिमा शोध गर्छन्। नत्र अन्य हल्काफुल्का विषयमा शोध गर्न रुचाउँछन् अहिलेका विद्यार्थी।’
देवकोटाको साहित्यिक लेखन अतिसामान्यदेखि अतिस्तरीयसम्म रहेको अहिलेका लेखक, साहित्यकार र प्राध्यापकहरूको टिप्पणी छ। लुइँटेल भन्छन्, ‘गम्भीर र स्तरीयमा धेरै गम्भीर र अति स्तरीय लेखन पनि छ देवकोटाको। तर, देवकोटाको भन्दैमा सबै भव्य र राम्रो भन्ने होइन।’ देवकोटाको लेखनलाई नयाँ पुस्ताले उनको चिन्तन र दृष्टिकोणलाई आत्मसात् गर्नुपर्ने लुइँटेलको भनाइ छ। उसो त यसअघिका केही अध्येताले पनि देवकोटाबारे गहन अध्ययन गर्न नसकेको उनको गुनासो छ। उनका अनुसार देवकोटाका ‘मुनामदन’ र ‘पहाडी पुकार’ जस्ता केही रचनाबाट युवा पुस्ताले सकारात्मक पक्षहरूलाई अवलम्बन गर्न सक्छन्। उनी थप्छन्, ‘त्यतिमात्र होइन, अहिलेका सबै लेखकले देवकोटाबाट उनको सिर्जनात्मक निरन्तरता अवलम्बन गर्नुपर्ने जरुरी ठान्छु।’
पागलले बनाएको पागल
‘जरुर साथी म पागल
यस्तै छ मेरो हाल
म देशलाई देख्दछु
दृश्यलाई सुन्दछु
बास्नालाई स्वाद लिन्छु…’
देवकोटाका धेरै कवितामध्ये चर्चित एउटा कविता हो, पागल। युवापुस्ताका हालका साहित्यकार विप्लव ढकाल पनि कवितामा जमेका कवि हुन्। उनलाई पागल कविताले धेरै प्रभाव पारेको छ। भन्छन्, ‘म पागल कविता जतिपटक पढ्छु त्यतिपटक नै मलाई नयाँ सोच जन्मन्छ। त्यो झंकारबाट मेरो नयाँ कविता जन्मन्छ।’ उनी पागल कवितालाई युगयुगसम्म पनि मीठो झंकार दिइरहने दाबी गर्छन्। उनले पागल कवितालाई सबैभन्दा बढी पढे। देवकोटाका धेरै सिर्जनामध्ये अत्यन्तै सुन्दर लाग्ने पागल कविताबारे उनी भन्छन्, ‘पागल कविता देवकोटाको लिजेन्ड कविता हो। त्यसो त उनका लेखनका विविध विधामध्ये मलाई कविता र निबन्ध विशेष लाग्छन्।’
देवकोटाका सिर्जना जसले पढ्छन्, त्यो बौद्धिकताले भरिएको हुने ढकालको भनाइ छ। त्रिचन्द्र क्याम्पसमा स्नातकोत्तर तहमा नेपाली विषय अध्यापनरत उनी भन्छन्, ‘देवकोटाका खास सिर्जना मज्जाले बुझ्न मस्तिष्कको कसरत निकै सशक्त ढंगले गर्ने व्यक्ति हुनुपर्छ। त्यसैले पनि विद्यार्थी अर्थात् नयाँ पुस्ताका सबैले नरुचाउन सक्छन्। तर, जसले उनलाई पढिरहेछन् तिनले इन्ज्वेय गरिरहेको पाएको छु।’ साहित्यिक लेखनमा विविधता छर्नसक्नु देवकोटाको विशेषता भएको ढकालको भनाइ छ।
देवकोटाले सबै विधामा हात चलाएको उल्लेख गर्दै उनी नयाँ पुस्तालाई पनि क्षमताअनुसार सबै विधामा लेख्न प्रेरित गरेको बताउँछन्। देवकोटाको लेखनमा पद्धतिवाद स्थापना गरिएको उनको भनाइ छ। खासगरी कवितामा लघुत्तम रूपदेखि बृहत्तर रूपसम्मको लेखन गर्ने देवकोटाका कृतिमा संख्यात्मक र गुणात्मक दुवै अवस्था रहेकाले यसबाट पनि युवा पुस्ताले केही सिक्नुपर्ने उनको जोड छ। थप्छन्, ‘युवा साहित्यकारले देवकोटाको विविधताबाट धेरै सिक्न सक्छ।’
पागल थिएनन् देवकोटा
एउटा समय आयो। जति बेला देवकोटा चरम आर्थिक समस्यामा थिए। उनले आफ्ना अनेक इच्छा आकांक्षा मार्नुपर्यो। उनी नैराश्य र लघुताभासले किचिए। त्यसको केही वर्षपछि १९९५ सालमा काइँला भाइ मधुसूदनले भारतको राँची नर्सिङ होममा पुर्याए। प्राध्यापक डा. कुमारबहादुर जोशी भन्छन्, ‘त्यस बेला असामान्य क्षमताका मनोचिकित्सक डा. वर्कले हिलले देवकोटाका बारेमा भनेका थिए, देवकोटा पश्चिममा जन्मिनुपर्ने मानिस रहेछन्। जियोग्राफिकल मिस्टेकले पूर्वमा जन्मिन पुगेछन्। पश्चिमी देशमा भए यिनको ठूलो सम्मान र कदर हुने थियो।’
देवकोटा अरूका लागि करिब पाँच महिना उपचार गर्न राँची बसिदिएको जोशी बताउँछन्। भन्छन्, ‘देवकोटाले आफू पागल नभएको पुष्टि गर्न पागल कविता लेखेका थिए। कविताले सबै प्रस्ट पारेको छ। अरू मानिस भए पागल भइसक्थे तर असामान्य क्षमताका धनी भएरै देवकोटाले त्यो आरोपलाई चिरेर आफूलाई उत्कृष्ट र कालजयी साहित्यकार प्रमाणित गरे।’ देवकोटालाई विश्वपरिवेशमा मूल्यांकन गर्ने अर्को आधार पनि रहेको जोशी बताउँछन्। उनका अनुसार राहुल सांकृत्यायनले भनेका थिए, ‘देवकोटा भारतका जयशंकरप्रसाद, सुचित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी ‘निराला’ को हाराहारीका कवि हुन्।’ राहुलको उक्त भनाइ सन् १९५३ मेमा प्रकाशित आजकल कविता अंकको पूर्णांक ५८ मा ‘नेपाल के महाकवि देवकोटा’ मा उल्लेख छ।
घोषणापत्रमा देवकोटाको भाषण
रसियाको तासकन्दमा अफ्रो एसियाली लेखक सम्मेलन भयो। पत्नी मनदेवीसहित २०१५ सालमा रसिया पुगेका देवकोटाले एउटा साहित्यिक भाषण दिए। सम्मेलनमा २० राष्ट्रका प्रतिनिधि थिए। देवकोटा भने तत्कालीन रोयल नेपाल एकेडेमी (हालको नेपाल प्रज्ञाप्रतिष्ठान) बाट प्रतिनिधित्व गरेर पुगेका थिए। सम्मेलनमा आआफ्नो देशमा विदेशी उपनिवेशवादविरुद्ध चलिरहेको मुक्तिसंग्रामको समर्थनमा आवाज घन्किरहेको थियो। जोशी भन्छन्, ‘त्यो भाषणमा देवकोटाको भाषण सबैभन्दा आकर्षक थियो। सम्मेलनले घोषणापत्र नै बनायो त्यो भाषणलाई।’
देवकोटाले पहिलोपटक विश्वस्तरमा नेपाली साहित्य र साहित्यकारको प्रतिनिधित्व गरेको उनको भनाइ छ। देवकोटाले उक्त भाषण नेपालमै अंग्रेजी भाषामा तयार पारेको उनको भनाइ छ। तर, दुर्भाग्य नै भन्नुपर्छ, देवकोटालाई उक्त भाषणले नौ महिनाको तलब रोकिदियो। जोशी भन्छन्, ‘एकेडेमीले देवकोटालाई कम्युनिस्ट भनी आरोप लगायो। साथै एकेडेमीको अनुमति नलिई सम्मेलनमा गएको पनि भन्यो र त्यसबापत नौ महिनाको तलब रोकेको थियो।’

No comments:
Post a Comment