नयाँ ठाउँहरू घुम्न कसलाई मन लाग्दैन र? तर, मन लाग्दैमा पनि सबैले त्यो सुनौलो अवसर कहाँ पाउँछन् र? देशविदेश घुम्न धेरै पढ्नुपर्छ भन्ने कतिपयको मान्यताविपरीत क, ख मात्र चिनेका फुर्तेम्बा शेर्पाले भने विश्व का विभिन्न ठाउँ घुम्ने मन गरे र पाए पनि त्यो सुनौलो अवसर।
पूर्वी नेपालको पहाडी जिल्ला संखुवासभाको मम्लिङ गाविस-७ मा जन्मेका उनी जब बिनायोजनै काठमाडौं आइपुगे तब उनले अलिकति भए पनि 'नेपाल' बुझ्न पाए। जनआन्दोलनताका राजधानी आएका उनलाई लाग्यो- शान्ति बचाई समग्र वातावरण जोगाउनुपर्छ।
र, यसका लागि विश्वभर सन्देश छर्नुपर्छ। सोही आमभावनाको प्रतिनिधित्व गर्दै साइकलमार्फत विश्व परिक्रमा गरिरहेका उनै फुर्तेम्बासँग अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानाले गरेको कुराकानी :
अप्ठ्यारो भए पनि छोटै बाटो
लाइबेरियाको ससटाउनबाट ग्रिनभेल निस्कनुपर्ने थियो । यसअघिजस्तै यो ठाउँ पनि मेरो जीवनको पहिलो यात्रा नै थियो। यात्रा साइकलको भएकाले सजिलो दुई सय साठी किलोमिटरभन्दा केही अप्ठ्यारो सहेर छोटो एक सय साठी किलोमिटर नै रोजेँ।
लाइबेरियामा रहेका चिन्नेहरूले भनेका थिए, 'त्यो बाटो छोटो छ भनेर साइकलयात्रा नगर्नू, सुरक्षित छैन।' तर, मैले त्यसलाई गम्भीर ढंगले लिइनँ र पहाडी हावापानीमा हुर्किएको शेर्पाको छोरो त्यसमाथि छत्तीसवर्षे जोश अघि सार्दै 'डरअघिको जित'लाई मुठीमा लिन कस्सिएँ।
सन् २०१३ को अक्टोबर १। त्यो देशको नक्सामा हेर्दा ठूलो लागेपछि 'जे त होला' भन्दै साइकलमा हुइँकिएँ। खोलामा बगेँ। ठूलो बाटो क्रमश: कच्चीमा गएर टुंगिएपछि मेरो सातो गएको थियो। जंगलबीचका खोला र खोल्सामा डुंगा चलाउँदै तर्दै गर्न थालेँ।
ससटाउनबासीले पनि गाली गरे, बाटो छैन भनेर। एक ठाउँमा त मैले डुंगाको सहारा पाएँ तर अर्को डुंगामा चलाउने मान्छे नदेखेपछि अत्तालिएँ।
बगेर पनि बाँचेँ
नेपालीसँग सम्पर्क र भेट नभएको पाँच दिन भइसकेको थियो। डरलाग्दो त्यो जंगल पुग्दा थाहा पाएँ- मान्छेलाई भोग दिने चलन छ भनेर। चारपाँच दिनदेखि पानी परेकाले सानो खोला भए पनि बढेकाले तर्न समस्या हुने देखेँ। डुंगाचालक नभए पनि तर्नैपर्ने बाध्यताका अघि मेरो केही लागेन।
साइकल समातेर बीचमा पुग्दा घाँटीसम्म आएको पानीले बगाइहाल्यो। झन्डै तीन मिनेट बगेँ। त्यो बेला घरपरिवार र नेपाल सम्झेँ, मेरा दिन यहीँ सकिने भए भन्ने भयो। काल नआएसम्म मरिन्न भनेझैं साइकलले डुब्न दिएन। संजोगले रूखमा अल्झिन पुगेँ। अल्झिएको सात मिनेटमै एक स्थानीयवासी आए। तर, सहयोग गर्नुको सट्टा बचाउँदा सय डलर चाहिन्छ भन्दै बार्गेनिङ गर्न थाले।
मसँग त्यति बेला सय डलर पनि थिएन। त्यहाँबाट चार सय मिटर बगाएको भए समुद्रमा मिल्थेँ होला। जीवनमरणको दोसाँधमा रहे पनि साहस देखाएँ, 'मैले तेरो देशमा पाँच हजारसँग भेटिसकेको छु, सबै असल थिए तर तैले जीवनसँग बार्गेनिङ गरिस्।
ठिक छ पहिले निकाल त्यसपछि कुरा मिलाऊँला।' लट्ठी गाड्दै त्यो बिरानो मुलुकको बिरानो मानिसले मलाई पारि पु:याइदियो। त्यसपछि बीस डलर दिएर बिदा भएँ।
अंगुरले अलमल्याएपछि
क्यामरुनबाट नाइजेरिया छिरेँ। सबैजसो देशमा प्रवेश गर्दा म सर्वप्रथम नक्सा खोज्छु, दोस्रो काम हुन्छ कुन पैसा चल्छ त्यो साट्ने। अनि भाषामा आफूलाई केन्द्रित गरेपछि चौथो त्यहाँको सन्दर्भ र घटनाका वस्तुस्थिति बुझ्छु। सन् २०१३ को जुन २९ मा मैले पैसा साटेँ। अनि लागेँ आफ्नो बाटो।
तेस्रो दिन एउटा उकालो सडकमा टेलरसहितको साइकल सधैंझैं पेलिरहेको थिएँ। 'हे मिस्टर शेर्पा, हाउ आर यु? यु नो मी?', कसैले परिचित आवाजले बोलायो। यसो हेर्दा तीन दिनअघि पैसा साट्ने क्रममा छेउमा उभिएको मान्छे देखेपछि मलाई पनि कोही चिनेको भेट्दा खुसी लाग्यो।
हेर्दै जाँदा चार गोर्खालीको चिहान भेटेँ। बिरानो देशमा नेपालीका चिहान देखिपछपि भावविह्वल भएँ। ती नेपालीका परिवारले सायद अझैसम्म पनि आफन्तको लास वा गाडेको ठाउँ देख्न पाएका छैनन् होला भन्ने लाग्यो।
बिल्कुल नयाँ ठाउँमा यात्रामा भेटिँदा मलाई सबै नजिकका लाग्थे। कुरा गर्दै केही बेर सँगै हिँड्यौं।
खाँदै हिँड्ने चलन नौलो थिएन त्यहाँ। साथीसँग आएको त्यो मानिसले स्वाभाविक रूपमा अंगुरजस्तै लाग्ने खानेकुरो खाँदै मलाई पनि खाने भनी हात लम्कायो। मित्रवत् व्यवहारका अघि नाइँनास्ती गर्ने कुरै भएन। खाएको दुई मिनेटमै होश पाउन छोडेँ।
र्धहोशमा उसले 'ह्वेर इज योर डलर?' भनेको थाहा छ, केही बेरपछि होशमा आउँदा चार सय डलर, थुप्रै देशका फोटा खिचेको क्यामेराको मेमोरी, रेकर्डरहरू लगेछ, साइकलका पाँचवटा चक्काको हावा फुस्काइदिएछ।
गोर्खाली सहिदको माटो नेपालमा
म जुन देश पुग्छु, त्यहाँ नेपालीको अवस्था बुझ्नु उत्सुकताको विषय हुन्छ। कति संख्यामा आएका छन्, कसरी बसेका छन्, के काम गर्छन्, त्यो देशमा कति र कस्तो प्रभाव छोड्न सकेका छन् आदि। इजिप्टबाट अफ्रिका प्रवेश गरेपछि मैले दोस्रो विश्वयुद्धका सहिदहरू गाडिएको एल एलामेइन वार सेमेट्री इजिप्ट घुम्ने अवसर पाएँ।
सेमेट्रीमा सात हजार दुई सय चालीस जना सहिदलाई गाडिएको कुराले म अर्कै दुनियाँमा पुगेँ। घुम्दै हेर्दै जाँदा त्यो ठाउँमा चारजना गोर्खालीको चिहान भेटेँ। त्यत्रा हजारौं चिहानले खासै नछोएको मेरो मन चारवटा नेपाली पनि भएको देखेपछि भावविह्वल भएँ।
घर छाडेर अर्काको देशका लागि युद्ध गरेका ती नेपालीको परिवारले सायद अझैसम्म पनि आफन्तको लास वा गाडेको ठाउँसम्म देख्न पाएको छैन होला भन्ने लाग्यो।
त्यसपछि मैले सन् १९४२ मा सहिद भएका मानबहादुर थापा, रत्न पुन, मंगलसिंह थापा र वीरधन रानामगरलाई गाडिएको स्थानबाट माटो निकालेँ र संकल्प गरेँ- माटोलाई नेपालको पशुपतिनाथस्थित बाग्मती पुर्याएर बगाउने। कुरा फेरियो, सल्लाहअनुसार नेपालमा रहेका जातअनुसारक ा समुदायका संघसंस्थालाई तीन वर्षअघि माटो पठाइदिएँ।
सडकको सुताइ
संखुवासभाको मम्लिङ गाविस-७ मा ३ कक्षासम्ममात्र पढे। तर, देशविदेश घुम्ने अवसर धेरै पढेका र सरकारी उच्च ओहोदामा पुगेका कर्मचारीभन्दा बढी पाएँ। किसान परिवारमा जन्मेको मेरा तीन भाइ र दुई दिदी छन्। जे होस् फरक दुनियाँमा रमाउने अवसर पाएँ। यसका लागि कष्ट उठाउने साहस पनि जुटाउनु परेको छ।
पूर्वी पहाडको त्यो कुनामा जन्मिएको मलाई गाडी हेर्ने रहर जाग्यो। भागेर हिँड्दै धरान झरेँ। बाह्र रुपैयाँ बोकेर हिँडेको मेरो पैसा बाटैमा सकियो। हिले तल पाख्रीबासमा चार महिना काम गरेर एक सय बीस कमाएँ। अनि धरान झरेँ, लहैलहैमा काठमाडौं आउने बस चढेर राजधानी हानिएँ।
त्यो बेला नेपाल भन्थे बूढापाका, नेपाल हेर्ने रहर थपिएपछि गाडी चढेर आएँ। त्यति बेला बाह्र वर्षको मैले झन्डै चार महिना काठमाडौंका सडकमा बिताएँ, कहिले खाएँ कहिले रोएरै रात बिताएँ। जाडो, गर्मी, घाम, पानी सबै पचाएँ।
काठमाडौं ओर्लिंदा २०४६ सालको जनआन्दोलन चलिरहेको हुनुपर्छ, दिमागको कुनामा यस्तै घटना घुमिरहन्छ अहिले पनि। पछि मान्छे चिन्दै गएपछि काम पाएँ। त्यही सिलसिलामा साइकल सिकेँ। 'सामाखुसी काठमाडौंमा मैले पहिलोपटक साइकल सिकेर चलाउने मौका पाएको हुँ।
होटलमा काम गर्थें। त्यही बेलाबाट साइकल मेरो जीवनको अपरिहार्य अंग नै बन्न पुग्यो। ठमेलमा कपडा पसल थियो, दुई छोरीको बाबु बनिसकेको थिएँ तर जनआन्दोलनले थुप्रै मानिस मरेका थिए। मलाई बुद्धको देशमा युद्ध पचेन।
युद्धलाई रोक्ने कुनै नेपालीको ताकत थिएन। नेपालमा जे भए पनि विश्वभर बुद्धको शान्ति सन्देश त बाँड्न सक्छु। प्रदूषणमात्र होइन, समग्र वातावरण राम्रो नभएसम्म शान्ति पनि स्थायित्व हुन्न भन्ने मनन भएपछि स्वच्छ वातावरण र शान्तिको कामना गर्दै विश्व साइकल यात्रा गर्ने सोच लिएर २०६० पुस ११ गते नेपाल छोडेँ।
नयाँ देशका दिनैपिच्छे पुगिने नयाँ ठाउँमा भनेजस्तो हुने कुरै भएन। वर्षौंको यात्रामा सधैं होटल वा लज सम्भव हुने कुरै भएन। सडकमै सत्नुपर्ने बाध्यतासँगै रातभर डर थपिँदा कति पीडा भयो होला? अझ दिनभर उकालोओरालो वा समथरमै पनि साइकलका पाइडल मार्दाको थकान मेट्न नपाउनु कति असहज हुन्छ होला? त्यो सबै भोगेँ मैले।
स्वदेशमा पनि सडकमै थिएँ, विदेशमा पनि सडकमै। कसैले समान चोर्ला कि वा केही गर्ला कि भन्ने डरले थाके पनि मध्यरातमा निद्रा खुल्थ्यो। तर, स्वदेशको सडकको चार महिनाले जीवनमा धेरै कुरा सिकाएछ।
४६ देश
साइकलमा संसार घुम्नु कम चुनौतीपूर्ण थिएन मेरासामु। तर, 'तँ चिता म पुर् याउँछु' भन्ने मूलमन्त्र साक्षी राखेर म हुइँकिइरहेँ, निरन्तर अघि बढिरहेँ। दस वर्ष पूरा भएछ आज, साइकलबाटै संसारका सय देश घुमिसकेँ। दैनिक यात्रामा नक्साअनुसार हिँडेको किलोमिटर नाप्दै राखेको रेकर्ड जोड्दा आजसम्म एक लाख एक हजार चार सय तेह्र किलोमिटर दौडिसकेको छु।
पहिलो पाँच वर्षमा स्वदेश फर्किंदा ४६ देश घुमिसकेको थिएँ। पाँच महिनापछि पुन: विश्वभ्रमणमा हिँडे। अर्को साढे पाँचवर्षे यात्रामा ५४ देश घुमेर गत चैतमा नेपाल आएँ। अब ५१ देश घुम्ने योजना छ। सोचेजस्तो भयो भने सन् २०२० सम्ममा सकिन्छ।
अफ्रिकाका २९ देश ३० महिना लगाएर घुम्दा सो अवधिमा ४२ दिन भोकै परेको तीतो अनुभव पनि छ मसँग। साइकल चोरी भएर अहिले सातौं साइकल किन्नु परेको छ। धन्य सहयोग गर्ने हात पनि सँगै छन्। यात्राका क्रममा नेपालका राष्ट्रपति डा. रामवरण यादव, अस्ट्रेलियाका राष्ट्रपति, लाइबेरियाका उपराष्ट्रपति, सबै सय देशका भिन्न नगरका मेयरलाई भेटी शान्ति, वातावरण र यात्राबारे जानकारी गराइरहेँ।
सर्वोच्च शिखर सगरमाथाको पोस्टरसमेत उपहार दिने गरेको छु, आजसम्म आफ्नो साइकलको टेलरमा एक सयवटा झन्डा फहराउन पाउनु मेरा लागि गर्वको कुरा हो।
फाउन्डेसन बनाएर सहयोग
फुर्तेम्बा शेर्पा फाउन्डेसन बनाएर अपांग सरोकार केन्द्र बालाजुलाई दुइटा ह्विलचेयर र खाद्यान्न वितरण गरेको छु। फाउन्डेसनको गिभिङ द गिफ्ट अफ मोबिलिटी कार्यक्रममार्फत अपांग तथा बौद्धिक क्षमता कम भएका बालबालिकाका लागि काम गर्ने आत्रा बाल विकास केन्द्रलाई १० वटा ह्विलचेयर प्रदान गर्ने काम भइसकेको छ।
कुष्ठरोगका कारण अपांग भएका व्यक्तिका लागि काम गर्ने आनन्दवन अस्पताललाई २२ वटा ह्विलचियर दिइएको छ। गत असार १५ मा बन्दीपुर परिवार फिन्ल्यान्ड र ह्विलचेयर वितरणलगायतको सामाजिक कार्यक्रमका लागि मैले आफ्नो साइकल यात्राका क्रममा संकलन भएको आर्थिक सहयोगको केही अंश छुट्ट्याएको छु।
अन्य सहयोग हालसम्म अफ्रिका र अमेरिकामा रहेका नेपाली र केही विदेशीले दिएको रकमबाट भएको छ।
मिति : २०७१ भदौ,१५ आइतबार
- See more at: http://annapurnapost.com/en/news/specialpage/13065
शेखरका दुई छोरीमात्र भए। लामो समय नाति नहुँदा पत्नी चोककुमारी र म चिन्तित भयौं। वंशको उत्तराधिकारी कम्तीमा एउटा छोरो चाहिन्छ भन्ने सामाजिक मान्यताले थिचिरह्यो।
सोचेजस्तो हुन्न जीवन, सम्झेजस्तो हुन्न जीवन भन्ने गीतझैं भयो। नाति भएका भए के गर्थे, क्याम्पस पढ्ने दुई नातिनी स्मृता र श्वेताले दिएको मायाले भुलाएको छ हामीलाई यो उमेरसम्म।
'कान्छो छोराको छोरा नभएको प्रसंग' शीर्षकमा मैले मेरो यसै साता प्रकाशित पुस्तक 'जीवन एक भोगाइ अनेक' मा लेखेको छु, 'त्यसबखत कान्छाका छोरा भएनन् भनेर एकखाले पीडा र अहिले आएर त्यस्तो निकृष्ट सोच पालेर यी निष्कलंक नातिनीहरूप्रति अन्याय सोचेको पापको पश्चात्तापको अर्को खाले पीडा। खैर, अबको पुस्ताले यस्तो पीडा नभोगून्, यो मेरो सन्देशमूलक उपदेश हो सबैमा।' ... युवावस्थामा धेरैले धेरै काम गर्छन्। तर, बुढेसकालमा धेरै बसेर खानेमात्र हुन्छन्। भनाइ नै छ, 'जब पुग्यो साठी, हातमा लाठी। जब पुग्यो सत्तरी, हिँड्छ खुट्टा लतारी। जब पुग्यो असी, खान्छ अनि बसी।' तर, म यति बेला नब्बे पनि काटिसकेको छु।
अझ सयको छेउ पुगेँ। शताब्दी पूरा हुनु चानचुने कुरै होइन। गत साउनदेखि ९७ मा हिँड्दै छु। बसी होइन, सुती खाने बेलामा गत साता राजधानीमा संस्मरणात्मक कृति 'जीवन एक भोगाइ अनेक' विमोचन गरेँ।
किताब लेख्दा अनुभव लिपिबद्ध त गर्ने गर्थें तर फेरि पनि पारिवारिक गन्थन ग्रन्थको निसारताबोधले म आफैंभित्र खुम्चिन्थेँ र पिरोलिन्थेँ। पिरलोको यसै पृष्ठभूमिमा आजको यो पुस्तकको प्रारूपको परिकल्पना भएको हो। फेरि पनि भन्छु, यो रचना स्वान्त सुखाय प्रयोजनका लागि गरेको हुँ।
आफ्नै सन्तोषका लागि। यो मेरो आफ्नै जीवनीको लिखत हो। पुस्तकको पाण्डुलिपि पनि त्रियानब्बे वर्ष टेकेपछिमात्र टिपनटापन गर्न सुरु गरेका थिएँ। जे जे सम्झिएँ, त्यही त्यही टिप्न थालेँ, कति महत्त्वपूर्ण घटना र सन्दर्भ त्यत्तिकै बिलाए।
माइलो छोरो भोजराजलाई पुस्तक तयार पारेर छपाउने काम तिम्रो भनेर जिम्मा लगाएँ। पेन्सन बचाएर राखेको दुई लाख पनि दिएँ। नपुगेको बैंकको खाताबाट खर्च गर्नु भनेको थिएँ शेखरलाई। चार वर्षअघि भनेका थिएँ, 'सक्छौ भने ज्यूँदै हुँदा छपाइदेओ। नत्र शेषपछि भए पनि छपाइदिनू।' जे होस्, ज्यूँदैमा कृति देख्न पाएँ।
'नपाउन्जेल कस्तो कस्तो, पाएपछि धेरै सस्तो' भनेझैं पुस्तक निस्केपछिका कुरा सामान्य हुन्छन्। तर, निकाल्दाको 'महाभारत' लेखकलाई मात्र थाहा हुन्छ। टिपनटापनले पनि नहुने। कस्तो भयो के छुट्यो त्यसलाई सम्हाल्ने जिम्मा लगाएँ सप्तरी कञ्चनपुर बस्ने ज्वाइँ पूर्णप्रसाद भट्टराईलाई।
समयले साथ नदिएकाले त्यसपछि पाण्डुलिपि सम्पादनको जिम्मा लगाए साली शिवकुमारीका छोरा काठमाडौंनिवासी साहित्यकार भरतमणि भट्टराईलाई। टिपनटापन बीचैमा रोकिन्थ्यो होला, माइली छोरी जमुना र साइली गंगाका छोराहरू आएर पढेर हौसला दिन्थे। जे होस्, आफ्ना कुरा लेखेँ। तर, म लेखक होइन। यही नै मेरो जीवनको चिनो हो, उपहार भयो।
त्यसबखत कान्छाका छोरा भएनन् भनेर एकखाले पीडा र अहिले आएर त्यस्तो निकृष्ट सोच पालेर यीनिष्कलंक नातिनीहरुप्रति अन्याय सोचेको पापको पश्चातापको अर्को खाले पीडा। खैर, अबको पुस्ताले यसतो पीडा नभोगून्, मेरो सन्देशमूलक उपदेश सबैमा। ...
१९९० साल भन्नेबित्तिकै सबैले सम्झने विषय प्राय: एउटै हुन्छ, 'भुइँचालो'। तर, मेरा लागि जीवनको महत्त्वपूर्ण पाटो विवाह पनि छ। अचेल सरदर ३० वर्षको हाराहारीमा विवाह हुन्छ। १५/१६ को उमेर 'टिनएज' हो। १६ वर्षको हुँदा खोटाङ खार्पा बस्ने गाउँले म बेहुलो भएँ।
११ टेक्दै थिइन् चोककुमारी। उनैसँग वैवाहिक सम्बन्ध गाँसेँ। विवाहपछि ससुराली पुग्दा ससुराले संस्कारजन्य कार्यमा सहभागी गराउनुभयो। धुरन्धर पण्डित ससुराले छोरीसँग भन्नुभएछ, 'छोरी, तँलाई दिन त दिएँ तर ज्वाइँले त...।' मलाई कसैले सुनाइहाले त्यो कुरा। त्यसपछि मलाई पनि महसुस भयो, 'नपढी नहुने भयो।'
पत्नी चोककुमारी विवाहपछि पाँच वर्ष माइतै बसिन्। म भने तराई हानिएँ पढ्न। बिहेपछिका एकाध वर्ष म घरमै बसेँ। ठूल्दाइको जागिर महोत्तरीमा भएकाले पढ्न उतै लागेँ। त्यसपछि महोत्तरीको मटिहानीमा बसेर संस्कृत पढेँ।
त्यस बेलाको तराईको औलो, भोग्नेहरूलाई धेरै थाहा हुन्छ।मैले पनि भोगेँ। ज्वरो पनि भुंग्रे, त्यसपछि एकुन्द्रे। मुस्किलले पढेँ। काठमाडौं आएँ, पढेँ तर पछि हानिएँ भारतको बनारस र सकेँ शास्त्री। ...
करिब चार सय वर्षदेखि पोखरेलहरूको थातथलोका रूपमा चिनिन्छ खोटाङको खार्पा। म अध्ययनपश्चात् जन्मथलो खार्पा बस्न चाहन्थेँ। तर अवसरले अन्तै पुर्यायो। खार्पा छोडेर ससुराली जिल्ला ओखलढुंगा पुगेँ पढाउन। २००४ सालमा मुलुकभर खोलिएका थिए, बेसिक स्कुल।
शैक्षिक योग्यताअनुसार दोस्रो दर्जाको मास्टरको पदमा मासिक ३२ रुपैयाँ पाउने गरी नियुक्ति पाएँ २००५ साल फागुनमा।२००६ सालदेखि ओखलढुंगा पुगेर पढाउन थालेँ। खार्पा हुँदाको गोठको धूप र बेसीसंस्कृति, देवाली, कुल र थानीपूजा, रोपाइँको रन्को पुस्तकमा आएका छन्।
कमाराकमारीका कुरा : कुरीति र वर्गीय शोषणको प्रतीक, जारीप्रथा, छोइछिटो र जातभात, भान्साको छोइछिटो, बेउलीभतेर, गोडा धुने भतेर, बेहुलो र बेहुली अन्माउने, रत्यौली हुँदै मृत्यु, मलामी र शवयात्रासम्म लेख्न भ्याएको छु पुस्तकमा।
जीवनको उत्तरार्धमा सबैलाई अनिवार्यजस्तै हुने तीर्थाटनहरूको बेलीविस्तार लगाएको छु। छोटकरीमा भन्नुपर्दा, जीवनका समग्र पाटाहरूलाई 'जीवन एक भोगाइ अनेक'मा 'फूलको माला' झैं उनेको छु। ... खार्पामा हुन्जेल व्यवहारमै डुबेँ। ६३ वर्षको उमेरमा २०३७ सालमा तराई झरेँ सपरिवार। सेवानिवृत्त जीवन सहज ढंगले बिताउन सप्तरीको कञ्चनपुर पुगेको थिएँ। नयाँ ठाउँ तराई भए पनि त्यहाँ छरछिमेकसँग मिलेर बसेँ, प्राथमिक विद्यालय खोल्यौं।
पछि मावि बनायौं। काठमाडौं बस्ने भोजराजले पनि दसैंमा मात्र आउन पाइन्छ, दु:खबिमारमा भन्नेबित्तिकै खार्पा आउन कठिन छ। तराई झर्नु भनेकाले बसाइँ सरेका हौं।
दिनानुदिन बुढेसकालले छोइरहेको थियो, त्यहाँ पनि हामी दुईजनामात्र भएकाले २०६५ सालमा कान्छो छोरो शेखर र बुहारी अनुराधाले फेरि काठमाडौं बोलाए। आजसम्म हामी बूढाबूढी यहीँ काठमाडौंमै बसेका छौं।
जीवन एक भोगाइ अनेकभित्रको सातौं भागमा शीर्षक छ, 'मेरो भोगाइले जे सिकायो'। 'त्रुटिरहित नियम, निष्ठा र सत्कर्मको अवलम्बन गरे परमेश्वरले हेर्ने रहेछन्', 'परिश्रम, सदाहार, सदाचार र भगवान्भक्ति दीर्घ जीवनका रहस्य रहेछन्',
'जे छ त्यसैमा सन्तुष्ट हुने र अरूको आरिस नगर्ने मानिस वास्तवमा सुखी हुने रहेछ', 'आवश्यकताभन्दा बढी र समयभन्दा अगाडि केही पाइँदैन रहेछ' र 'गल्ती गरिएकै छ भने पनि नियत राम्रो छ भने परिणाम राम्रै हुने रहेछ' जस्ता उपशीर्षक राखेर भोगाइ बाँडेको छु।
रमाइलो छोरो भोजराजले संविधानसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकाजस्ता सुखद् अनुभूतिदेखि जेठो छोरो ऋषिको दुर्घटना (निधन) सम्मका दु:खद अनुभूतिलाई उनले पुस्तकमा समेटेका छन्। मैले झन्डै शताब्दीको यो भोगाइबाट जीवनको परिभाषा उब्जाएको छु, 'जिन्दगी दु:खैदु:खको पोको हो।'
पुस्तक विमोचन कार्यक्रममा पुग्ने धेरै अचम्मित भए, 'यो उमेरमा लेखक? कसरी सकेका होलान् साढे तीन सय पृष्ठको किताब लेख्न? कमलमणि दीक्षितले पनि धन्यवाद दिनुभयो, मेरो प्रयासको सराहना गर्नुभयो।
उहाँले भोजराजलाई ईमेल पठाएर 'आत्मकथालाई संस्मरणका रूपमा अत्यन्त सजीव ढंगले उतार्नुभएको रहेछ, मलाई उत्कृष्ट लाग्यो भनी बुबालाई भनिदिनु। मेरो श्रद्धापूर्वक ढोग उहाँलाई पुगोस्' भन्नुभएको रहेछ।
विमोचनपछि इतिहासविद् ज्ञानमणि नेपाल भेट्न आउनुभयो।करिब दुई घन्टा बसेर किताबबारे कुरा गर्नुभयो। पूर्वगृहसचिव शरद भट्टराई, डा. दामोदर पोखरेल, राधेश्याम भट्टराई, भैरव रिसाललगायतले भेट्न आउँछु भन्नुभएको छ।
मिति : २०७१ भदौ, ७ शनिबार
- See more at: http://annapurnapost.com/en/news/specialpage/12696/%E0%A5%AF%E0%A5%AD-%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%B7%E0%A4%AE%E0%A4%BE-%E0%A4%AF%E0%A4%B8%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A4%A3-%E0%A4%B2%E0%A5%87%E0%A4%96%E0%A5%87%E0%A4%81.htm#sthash.TCFN6yO0.dpuf
काठमाडौं : सरकारले निर्वाचन
क्षेत्र विशेष कार्यक्रम सञ्चालन कार्यविधि मस्यौदा बनाएको छ। संघीय मामिला तथा
स्थानीय विकास मन्त्रालयले यस कार्यक्रमअन्तर्गत सञ्चालन हुने आयोजना छनोट
गर्नेदेखि कार्यान्वयन, अनुगमन, व्यवस्थापन र मूल्यांकनजस्ता कार्यलाई निर्देशित
गर्न तीनवटा विक ल्पसहितको मस्यौदा अघि सारेको हो। बजेटमा प्रत्येक निर्वाचन
क्षेत्रको विकास कार्यक्रमका लागि भने एक करोड छुट्याइएको छ।
प्रस्तावित पहिलो विकल्पअनुसार पहिलो हुने
निर्वाचित हुने निर्वाचन प्रणालीअनुसार निर्वाचित सभासद् संयोजक रहने गरी एक
करोडसहित उनले पाउने सांसद विकास कोषको १५ लाख रुपैयाँ एउटै निर्वाचन क्षेत्र तोकेर
योजना बनाउनुपर्नेछ।
दोस्रो विकल्पमा सम्बन्धित क्षेत्रबाट निर्वाचित
सभासद् संयोजक रहने एक करोडसहित १५ लाख रुपैयाँ जिल्लाभर खर्च गर्ने र तेस्रोमा
जिल्लाबाट प्रतिनिधित्व गर्ने निर्वाचित सभासद्हरूमध्ये ज्येष्ठ संयोजक रहने गरी
समिति बनाएर खर्च गर्न सक्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ।
यी तीनमध्ये कुनै एक विकल्प छानेर काम गर्न
निर्वाचन क्षेत्र विशेष कार्यक्रम निर्देशन तथा व्यवस्थापन समिति गठन गनुपर्नेछ।
नियमावलीको नाम निर्वाचन क्षेत्र विशेष कार्यक्रम (सञ्चालन कार्यविधि), २०७१
प्रस्ताव गरिएको छ।
समितिमा जिल्लाका अन्य सभासद्हरू, स्थानीय विकास
अधिकारी, नगरपालिका भए कार्यकारी अधिकृत, जिल्लास्थित विषयगत कार्यालयका प्रमुख वा
उनले तोकेको अधिकृत, जिल्ला प्राविधिक कार्यालयका प्रमुख वा उनले तोकेको इन्जिनियर
सदस्य रहने व्यवस्था गरिएको छ। योजना अनुगमन तथा प्रशासकीय अधिकृत वा स्थानीय विकास
अधिकारीले तोकेको जिविसको अधिकृत समितिको सदस्यसचिव हुनेछन्।
सभासद्ले आफूखुसी योजना छनोट गर्न पाउनुपर्ने भने
पनि नियमावलीले पूर्वाधार विकाससम्बन्धी योजना छनोट गर्नुपर्ने मापदण्ड राखेको छ।
सभासद्हरूले सडक निर्माण, स्तरोन्नति, पहिरो नियन्त्रण एवं सिँचाइ, सरसफाइ तथा
ल्यान्डफिल साइट, खानेपानी, वातावरण संरक्षण, पार्क, सामुदायिक भवन, अनाथालय,
वृद्धाश्रम, स्वास्थ्यचौकी, ऊर्जा, जलविद्युत्, पुस्तकालय, साहित्य, कला र
पुरातात्त्विक स्थलको संरक्षण एवं जीर्णोद्धार आदिमा खर्च गर्न पाउनेछन्।
वार्षिक कार्यक्रम छनोट र कार्यान्वयन तालिका बनाई
सम्बन्धित जिविसमा आर्थिक वर्षको पहिलो चौमासिकभित्र पेस गर्नुपर्नेछ। एक आवमा
सम्पन्न नहुने आयोजनामा बहुवर्षीय खरिद योजना स्वीकृत गरी कार्यान्वयन गर्न सकिनेछ।
नियमावलीले जिविसमा आयोजना स्वीकृत गरी पेस गर्दा आयोजना सञ्चालन गर्ने निकाय,
सम्पन्न हुने मिति, सञ्चालन गर्ने तरिकासमेत खुलाउनुपर्नेछ।
सहभागितामूलक योजना छनोट गर्नुपर्नेछ। प्रकोप वा
विपद्बाट क्षति भएका वा जोखिममा परेका तर पुनर्निर्माण, नियन्त्रण र रोकथामका
निम्ति बजेट नछुट्ट्याइएका तथा बजेट भए पनि पर्याप्त नभएका आयोजना छनोट
गर्नुपर्नेछ।
मन्त्रालयका प्रवक्ता दिनेश थपलियाले नियमावलीको
मस्यौदामा छलफल भइरहेको जानकारी दिँदै भने, 'विकेन्द्रीकरण र स्वायत्त शासन
पद्धतिअनुरूप हुने गरी तथा सहभागितामूलक योजना प्रक्रियालाई असर नपर्ने गरी
निर्वाचन क्षेत्र विशेष कार्यक्रमको व्यवस्थापन गर्नु उत्तम हुनेछ।'
काठमाडौं : हिन्दु धर्ममा आस्था राख्ने केही पाका र प्रतिष्ठित व्यक्तित्वले आफ्नो मृत्युसंस्कार छोटो गर्न आफन्तसमक्ष इच्छा व्यक्त गरेका छन्। तेह्रदिने संस्कार खर्चिलो र आफन्तका लागि कष्टकर हुने भन्दै उनीहरूले बढीमा पाँच दिनमै आफ्नो मृत्युसंस्कार पूरा गर्न आग्रह गरेका हुन्।
पूर्वमन्त्री हरिबहादुर बस्नेत मृत्युसंस्कार १३ दिन नै गर्नुपर्छ भन्ने पक्षमा छैनन्। उनले छोरा अनुपलाई लेखेरै दिएका छन्, 'धर्मशास्त्रले गर्नैपर्ने कुरा जतिसक्दो छोट्ट्याएर गर्नू तर १३ दिन किरियापुत्री नबस्नू।' उनले तीन वा पाँच दिनमा किरिया सके हुने बताएका छन्। अनुपले पनि सोहीअनुसार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बस्नेतले ९० प्रतिशतभन्दा बढीले देखाउनका लागिमात्रै १३ दिने मृत्युसंस्कार गर्ने गरेको बताए। उनले भने, 'समाजलाई देखाएरमात्र केही हुन्न। जुन ढंगले बस्नुपर्ने हो त्यसरी नबसेपछि के अर्थ? विधि नटुटाई तीन दिनमा पिण्ड र दुई दिनमा अन्य काम सकिने तर्क आएका छन्, म त्यसमा सहमत छु।'
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वसहसचिव डिल्लीरमण आचार्य र पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यका ८३ वर्षीय बुबा दुर्गाप्रसाद र ७९ वर्षीया आमा इन्दिरा पनि १३ दिने मृत्युसंस्कार छोट्ट्याउनुपर्ने पक्षमा छन्।
६ छोरा र ६ छोरीका बुबा दुर्गाले भने, 'मैले मेरो जुठो तीन दिनभन्दा बार्नु पर्दैन र संस्कार पनि पाँच दिनमा टुंग्याउनू भनेको छु।' जेठा छोरा डिल्लीरमणले पनि बुवाको इच्छाअनुसार नै आफूहरूले गर्ने बताए। बुवाआमाको निधनपछि पाँच दिनमा काजकिरिया सक्ने विषयमा आफू र मधुरमणले सहमति जनाएको पनि उनले बताए।
मृत्युसंस्कार छोट्ट्याउन क्रियाशील अभियन्ता शंकरप्रसाद पोखरेलले तीन दिनमा १० पिण्ड दिन मिल्ने बताएका छन्। उनका अनुसार पहिलो दिन एक, दोस्रो दिन चार र तेस्रो दिन पाँच पिण्ड दिन मिल्छ। त्यसैगरी चौथो दिन ११ औं दिनमा गरिँदै आएको काट्टो खुवाउने, शय्या दान गर्ने र पाँचौं दिन बाह्रौं दिनमा गरिँदै आएको सपिण्डीकरणको काम गर्न सकिने उनको भनाइ छ। यद्यपि, हिन्दू परम्परामा विश्वास गर्ने अर्को पक्ष यसको विरोधमा छ।
राजधानीको गोठाटार बस्दै आएका इलामका खगेन्द्रनाथ शर्मा अधिकारीेले पनि छोराछोरीलाई मृत्युसंस्कार छोट्ट्याउन सुझाव दिएका छन्। ८० वर्षीय अधिकारीले भने, 'मैले त छोराछोरीलाई काम लाग्छ भने शरीर अस्पताललाई दिनू भनेको छु।
छोराछोरीले मृत्युसंस्कार छोट्ट्याएर गर्नेमा सहमत जनाएका छन्।' तत्कालीन केन्द्रीय पञ्चायत प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक र २०१७ सालमा इलाम क्याम्पसका संस्थापक प्रिन्सिपल रहेका अधिकारीले पुरानो समयमा बनाएको बोझिलो संस्कार पछ्याइरहे आधुनिक युवा पुस्ताले अँगाल्नै छोड्ने तर्क गरे। उनले भने, 'मैले सामाजिक पक्षबाट संस्कार छोट्ट्याउनेमा सहमति जनाएको हुँ।'
सेनाबाट जागिर सुरु गरेर विराटनगरस्थित हुलाक जिन्सी खानाको प्रमुखबाट निवृत्त भएका मेघप्रसाद उपाध्याय दाहालले त आफ्नो मृत्युसंस्कार तीन दिनमात्र गर्न चार पृष्ठको खुला चिठी नै लेखेका छन्। 'राजर्षी मनुले १६ संस्कार र अन्तिम संस्कार अन्त्येष्टि भनेका छन्।
सत्रौं छैन तर २० भन्दा बढी संस्कारको अभ्यास ठगलीला हो', ७३ वर्षीय उनले भने, 'निधनपछि श्राद्ध हुन्न, जन्माउने, हुर्काउने बुबाआमा हुँदै श्रद्धाका साथ तृप्त पार्नुपर्छ, त्यही नै श्राद्ध हो।'
भारतीय प्राध्यापक सिद्धान्तालंकार विद्यावाचस्पति विद्यामार्तण्यको कृ ति 'सत्य सनातन वैदिक धर्म प्रश्नोत्तर' अनुवाद गर्ने वेदका ज्ञाता दाहालले भने, 'मृत शरीर भष्म भएपछि घर फर्केर मानिस मरेका ठाउँमा हवन र स्नान गर्ने, शुद्ध हुने, शोक गर्ने र तेस्रो दिन जलाएका ठाउँमा गएर अस्थिशंचयन गरी घर आई स्नानपछि हवन गर्नुपर्छ।'
पोखरेलका अनुसार दुई सयभन्दा बढी प्रतिष्ठित हिन्दू धर्मावलम् बीले आफ्नो मृत्युसंस्कार तीन वा पाँच दिनमा सीमित गर्न सहमति जनाएका छन्। पोखरेलले भने, 'यसबारे जनचेतना कार्यक्रम छिट्टै गरिनेछ।
मिति : २०७१ साउन, २९ बिहीबार
- See more at: http://www.annapurnapost.com/en/news/social/12229
काठमाडौं : काठमाडौं उपत्यकाभित्र खपत हुने मासुका लागि धादिङमा पशु
वधशाला बनाइने भएको छ। सरकारलगायतको सहयोगमा काठमाडौं महानगरपालिकाले करिब ५५ करोड
रुपैयाँमा पशु वधशाला बनाउने भएको हो। जीवनपुर गाविसको करिब ७० रोपनी क्षेत्रफलमा
वधशालाबाट वर्ष दिनभित्रमा मासु उत्पादन हुनेछ भने संरचना पूरै बन्न भने पाँच वर्ष
लाग्नेछ।
महानगरपालिका जनस्वास्थ्य तथा सामाजिक विकास
विभागका प्रमुख सनतबहादुर थापाले उपत्यकाभित्र पशुवध गर्दा धेरै समस्या भएको र
जनस्वास्थ्यमा प्रत्यक्ष असर पर्ने मासु खानुपर्ने अवस्था रहेकाले उपत्यकाबाहिर
वधशालाको निर्माण गर्न लागिएको जानकारी दिए।
उनले मंगलबार अन्नपूर्णसँग भने, 'राजधानीमा दैनिक
आठ सयसम्म राँगा वध गरिन्छन्। तर यहाँका वधस्थलहरू सफा नहुँदा स्वस्थ मासु उत्पादन
हुन सकिरहेको छैन। स्थान अभाव र अन्य प्राविधिक कारणले उपत्यकाभित्र पशु वध उपयुक्त
नभएको सरकारी ठहर छ।' हालका ६० वटाजति वधस्थल बराबरको पशु वधशाला बनाउने सरकारी
तयारी छ। वधशाला बनेपछि उपत्यकावासीले सरकारी छाप लागेको गुणस्तरीय मासु खान पाउने
उनको भनाइ छ।
उनका अनुसार, उपत्यकामा मासु र मासुजन्य पदार्थको
खपतमा करिब १३ अर्ब रुपैयाँ हुन्छ। तर मासुको आयात कुल ग्राहस्थ्य उत्पादनको दुई
प्रतिशत मात्र हुन्छ। वधशाला निर्माणका लागि सरकारले ३० करोड रुपैयाँ छुट्ट्याएको छ
भने महानगरपालिकाले पाँच करोड रकम विनियोजन गरेको छ।
सरकारलगायतको सहयोगमा काठमाडौं
महानगरपालिकाले करिब ५५ करोड रुपैयाँमा पशु वधशाला बनाउने भएको हो। जीवनपुर गाविसको
करिब ७० रोपनी क्षेत्रफलमा वधशालाबाट वर्ष दिनभित्रमा मासु उत्पादन हुनेछ भने
संरचना पूरै बन्न भने पाँच वर्ष लाग्नेछ।
यसैगरी, ललितपुर उपमहानगरपालिकाले चार करोड,
भक्तपुर, मध्यपुरठिमी र कीर्तिपुर नगरपालिकाले दुई करोड ५० लाखका दरले, मासु
व्यवसायीका तर्फबाट पाँच करोड ५० लाख, स्थानीय संघसंस्था र व्यवस्थापन समूहले एक
करोड ५० लाखका दरले रकम दिने भएका छन्। पहिलो पटक बन्न लागेको पशु वधशालाका लागि
सञ्चालक समिति गठन गरिएको छ। पशुसेवा विभागका सहसचिव संरक्षक रहने गरी
महानगरपालिकाका कार्यकारी अधिकृत अध्यक्ष र ललितपुर उपमहानगरपालिकाका कार्यकारी
अधिकृत सदस्यसचिव रहने गरी सरोकारवाला समेटेर १३ सदस्यीय समिति गठन गरिएको हो।
महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रविलास बज्राचार्यले
पाँचवर्षे परियोजना भए पनि वधशालाबाट वर्ष दिनभित्र मासु उत्पादन थाल्ने योजना
रहेको बताए। उनले भने, 'त्यसपछि सरकारले काठमाडौं उपत्यकाभित्र पशुवध गर्ने, अझ
उपत्यकामा पशु प्रवेशमै रोक लगाउनेछ।
उपत्यकामा भएका पशु वधस्थललाई आवश्यक सुधार गरी
मासु बिक्री केन्द्र बनाइने छ।' उनका अनुसार अब बन्ने वधशालामा दैनिक एक हजार दुई
सय राँगा वध गर्न सकिनेछ। एउटा राँगो औसत एक सय ५० किलो भयो भने दैनिक एक सय ८०
मेट्रिक टन मासु उत्पादन हुनेछ। वधशालामा लगिने पशुको पशुचिकित्सकबाट स्वास्थ्य
परीक्षण गर्ने सरकारी योजना छ। पशुचिकित्सकले सिफारिस गरेपछि ती पशुलाई टाँचा
लगाइनेछ। पूर्ण अस्वस्थ्य पशुवध गर्न नपाइने उनले जानकारी दिए।
महानगरपालिकाले धादिङको जीवनपुरको जग्गा व्यक्तिबाट
खरिद गर्ने तयारी गरेको हो। ६९ रोपनी १० आना दुई पैसा एक दाम क्षेत्रफलको जग्गा
साझेदार सबै मिलेर कम्पनी बनाउने र कम्पनीको नाममा दर्ता गर्ने योजना छ।
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको पूर्वसन्ध्यामा काठमाडौं महानगरपालिकाले राजधानीका मुख्य सडकको व्यापक सरसफाइ गरिरहेको छ। महानगरपालिकाले नगरप्रहरीसहित वातावरण विभागका कर्मचारीको 'इको एक्सन टिम' परिचालन गरी सफा गरेको छ।सडकमा फोहोर फाल्नेलाई तत्काल कारबाही गरिने भएको छ।
महानगरपालिकाको वातावरण व्यवस्थापन महाशाखाका प्रमुख हरिप्रसाद कुँवरले इको एक्सन टिमले मोदी भ्रमणभर कसैले फोहोर सडकमा फाले तत्काल कारबाही गर्न थालेको बताए। उनले भने, 'अटेर गरेर फाल्नेलाई तत्काल जरिबाना गर्नेछौं। नदेखी फालेको पाइएमा नजिकैको पसल वा घरलाई कारबाही गर्नेछौं।' यसबाहेक महानगरपालिकाले वडा, विभाग र केन्द्रस्तरीय अनुगमन टोलीसमेत गठन गरी काम थालेको छ।मोदी हिँड्ने सडकले २४ वटा वडा भेट्ने भएकाले त्यस क्षेत्रका सडक र आसपासका क्षेत्रमा महानगरपालिकाले सरसफाइ व्यापक बनाइएको छ।सडकमा राखिएका डिभाइडर हटाउने काम पनि धमाधम भइरहेको छ। नेपाल टेलिकमले उक्त क्षेत्रमा रहेका सडकमा अस्तव्यस्त रूपमा लतारिएका टेलिफोनका तारलाई डोरीले बाँधेर समेट्ने काम गरिरहेको छ। सडक विभागले मूलसडकको आसपासमा रहेको ढल र फोहोर सफा गरिरहेको छ।
महानगरपालिकाको नगरप्रहरी सई बद्रीमान नगरकोटीले सडक छेउछाउमा रहेका पोस्टर, पम्प्लेट र फोहोर देखिने गरी टाँसिएका कागज आदि हटाउने काम भइरहेको बताए। त्रिभुवन विमानस्थलदेखि सिनामंगल, तीनकुने हुँदै बानेश्वरसम्मको काममा नगरप्रहरीले शुक्रबार सरसफाइ गरेका थिए। उनका अनुसार झ्याल छोपिने खालका, छड्के पारेर राखिएका र कोस्पोन्सर गरिएका पोस्टर, पम्प्लेट हटाइएका हुन्। यसका साथै उनीहरूले सडकछेउमा रहेका संरचना, टेबलकुर्सी आदि र मोटरसाइकल ग्यारेजले प्रयोग गरेको बाटो खाली पारेका छन्।नगर प्रहरीले काठमाडौंलाई बानेश्वरपूर्व, टेकुपश्चिम, दरबारमार्गउत्तर गरी क्षेत्र छुट्याएर पोस्टर, पम्प्लेट, संरचना आदि हटाउने काम गरिरहेको छ।
काठमाडौं उपत्यका नगर विकास प्राधिकरण जिल्ला कार्यालय काठमाडौंका प्रमुख भाइकाजी तिवारीका अनुसार प्राधिकरणले शनिबार बिहान तीनकुनेमा सयवटा बिरुवा रोप्ने भएको छ। उनले भने, 'सहर सुहाउँदा र ठूला खालका हरियाली देखिने करिब सयवटा रूख रोप्दैछौं।' प्राधिकरणले तीनकुनेदेखि माइतीघरसम्म आइल्यान्ड बनाउन बाँकी क्षेत्रमा तीव्र रूपमा काम गरिरहेको छ। बिजुलीबजारदेखि माइतीघरसम्मको दाहिने भागमा बिरुवा रोपिएका ठाउँमा उम्रिएको झार उखिएलेको छ। तिवारीले आइल्यान्डको त्यो ठाउँमा स्थायी खालको हरियाली दुबो लगाउने जानकारी दिए।उनले भने, 'आइल्यान्ड बनेको बाँकी भागमा पनि आइतबारभित्र रूख रोप्नेछौं।' महानगरपालिकाले विमानस्थल बाहिर, पशुपतिनाथ मन्दिर पस्ने गौशाला चोकछेउ, संसदभवन बानेश्वर, राष्ट्रपति कार्यालयछेउमा ठूला मुख्य स्वागतद्वार बनाउने भएको छ।
महानगरपालिकाले त्रिभुवन विमानस्थलदेखि बानेश्वर, कालीमाटी, चाबहिल, बौद्ध र राष्ट्रपति कार्यालयसम्म जाने सडकको दायाँबायाँ घरघरमा नेपाल र भारतका गरी करिब पाँच सय झन्डा फहराउने भएको छ।पशुपति क्षेत्र विकास कोषले पनि पशुपति परिसरमा सरसफाइ थालेको छ।