Wednesday, July 20, 2011

जस्केलो मै ल्याएको छु

-गोपीकृष्ण ढुंगाना

जस्केलो मै ल्याएको छु एक अञ्जुली माया
सजाइदेउ बिन्ती हजुर राखी मलाई दाया ।

शंका गरे संसार शुन्य सापटी लेउ मन
सिउरीदेउ बेली फूलझैं सिरुपाते तन,
संघारको शितल जून, जाने मीठो छाया
सजाइदेउ बिन्ती हजुर राखी मलाई दाया ।

जोगाउनुपर्छ भन्छन् अनिकालको बीउ
मौका आउछ पर्खदैन छोउ मेरो जीउ,
मनै न हो कस गाठो जिन्दगी माया
सजाइदेउ बिन्ती हजुर राखी मलाई दाया ।

जस्केलो मै ल्याएको छु एक अञ्जुली माया
सजाइदेउ बिन्ती हजुर राखी मलाई दाया ।

काव्य कुञ्ज, गठ्ठाघर, भक्तपुर
काव्यकुञ्ज डट कम

Saaune Jhari

Saaune Jhari

Rudra Dangal Steviya Allovera