Saturday, November 29, 2014
Tuesday, November 18, 2014
Sunday, November 2, 2014
Saturday, November 1, 2014
छठीमातासँग शीर्ष नेताले मागे-संविधान बनाउने शक्ति
गोपीकृष्ण ढुंगाना
२०७१ कार्तिक १३ बिहीवार
83
2

काठमाडौं : अस्वस्थ, निसन्तान र विपन्नताबाट मुक्ति पाउने विश्वासका साथ सामूहिक रूपमा मनाइने छठ पर्वमा बुधबार अस्ताउन लागेको सूर्यलाई अर्घ दिँदै शीर्ष नेताहरूले संविधान बनाउने शक्ति मागेका छन्। रानीपोखरीमा बुधबार साँझ एमाले नेता माधव नेपाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता डा. बाबुराम भट्टराई तथा कांग्रेसका नेता डा. रामशरण महतले सूर्यलाई अर्घ चढाउने क्रममा हातेमालो गर्दै समयमै संविधान बनाउने शक्ति मागेका हुन्।
नेपालले दाहाललाई संविधान बनाउन कसले कति 'कम्प्रोमाइज' गर्नुपर्ने हो त्यो गर्ने शक्ति मिलोस् भनेका थिए। सबै नेताले समयमै संविधान बनाउनुपर्ने विचार व्यक्त गरेका थिए। गुह्येश्वरी, बल्खु हुँदै साँझ ५.३५ बजे रानीपोखरी पुगेका राष्ट्रपति डा. रामवरण यादवले पनि सूर्यलाई अर्घ दिए।
नेपालले छठको अवसरमा बुधबार देखिएको रानीपोखरीको मनोरम दृश्यले सबै जातजातिबीच मेलमिलापको संकेत गरेको बताए। दाहालले छठले भाइचारा बढाउने काम गरेको बताए। महतले मिथिलाञ्चलवासीले तराईमा मनाउने छठ राष्ट्रिय पर्व बनिसकेको बताए।
नेताहरूप्रति टिप्पणी गर्दै एक वृद्धले भने, 'कमसेकम नेताहरूलाई पनि धर्म र संस्कृतिमा विश्वास र आस्था रहेछ। धर्मको रक्षा गरे आफ्नो पनि रक्षा हुन्छ भन्ने बुझेका रहेछन्। आज छठीमातासँग मागेको शक्तिले संविधान बनोस्।'
स्याङ्जा दरुङसिरुबारीबाट काठमाडौं आएका ६० वर्षीय खेम नेपालीले छठ पर्व पहिलोपटक दे न पाएको बताए। रानीपोखरीमा उनले भने, 'छठको महिमा सुनेर रमाइलो लाग्यो। छठमा सबै जातजातिलाई देख्दा अब हिमाल, पहाड, तराई, गाउँ र सहरबीच तालमेल मिल्न थालेको पाएँ।'
मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भगवान् राम र द्रौपदीसमेतले छठको व्रत लिएको स्मरण गर्दै सूर्यको उपासनाबाट प्राकृतिक रूपमा शक्ति प्राप्त गर्न सकिने भएकाले छठको महत्त्व रहेको बताए। अहिलेसम्म छठको व्रत नलिएको बताउने उनले भने, 'पछिल्ला वर्षमा देखासिकी, तडकभडक, खर्च र आडम्बर देखाउन थालिएको छ, यो राम्रो होइन।'
उपत्यकाका पोखरी र नदीकिनारमा जम्मा भएर भक्तजनले बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिए। पोखरी र नदीकिनार झकिझकाउ पारिएका छन्।
१५ वर्षदेखि छठ व्रत लिँदै आएकी सर्लाही मानपुर हर्पुवाकी सुधा कर्ण यस वर्ष पनि व्रत बसेकी छन्। उनलाई पति शिलाकान्त झाले सघाउँदै आएका छन्। त्रिचन्द्र क्याम्पसमा २८ वर्षदेखि अध्यापनरत सहप्राध्यापक कर्णले भने, 'पत्नीले निरन्तर छठको व्रत लिएर परिवारमा खुसी छाएको छ, कोही अस्वस्थ छैन। छठीमाताले शक्ति दिनुभएको छ।' व्रत बसेकी सबिता जैसवालले भनिन्, 'छठ परम्परा हो, विश्वास हो। भाकल पूरा हुने भएकाले यसको महत्त्व छ।'

रानीपोखरीमा आठ वर्षअघि छठ सुरु गर्ने महापर्व छठ समारोह समितिका अध्यक्ष रामचन्द्र शाहले भने, 'बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर यो वर्षको छठ सकिनेछ।' बिहान उपराष्ट्रपति परमानन्द झा रानीपोखरी पुगेर अर्घ दिने कार्यक्रम छ।
Subscribe to:
Posts (Atom)