Monday, November 14, 2011

वेशीसहर, भाइटिका र सुनसान सडक

वेशीसहर, भाइटिका र सुनसान सडक

-गोपीकृष्ण ढुंगाना

सबै भाइटिकाको तयारी गर्दै थिए । तर यो वर्षहाम्रो परिवारलाई न दसैंले छोयो न त तिहारले नै । न विगतका उमंगले मुटुको कुनै कुनामा कोट्यायो न मनले कुनै नरमाइलो नै महसुस गर्यो । कसैलाई राम्रो देख्नु वा नराम्रो, केही कुरा ठीक लाग्नु वा वेठिक अनि खुसी मान्नु वा दुःख, सबै सबै मनमा भरपर्दोरहेछ । यही बुझें, ३६ औं बसन्तसम्म चार्डपर्वमा खुसी र उमंग साट्दै आएको मैले हजुरबुबाको निधनले यसवर्षा मुख्य चाड दसैं र तिहार मनाउन नपाउँदा पनि ।
भाइटिकाको तयारी भइरहँदा, लमजुङको वेशीसहरबाट काठमाडौंसम्म मोटरसाइकल यात्रा थियो मेरो । अन्नपर्ूण्ा पोष्टको शैली परिशिष्टांकको तयारीका कारण शनिबार भए पनि काठमाडौं आइपुग्नैपर्ने बाध्यता थियो । २०६८ सालको लक्ष्मीपूजाको दिन, सबै लक्ष्मीको पूजा र देउसीभैलीको तयारीमा रहँदा जीवनसंगिनी कमला र म भने सात घण्टे लामो पहाडी बाटोहुँदै पहिलोपटक वेशीसहर गएका थियौं । मोटरसाइकलमा राजमार्गसमेतको यति लामो यात्रा मेरा लागि पहिलोपटक भएकाले चुनौति र रमाइलो दुवै थियो ।
बयालीस किलोमिटरको बेसीसहर डुम्रे सडक । मर्स्याङ्दी नदीको किनारैकिनार । कहिले नजिकै अंगालो मार्न आइपुग्थ्यो मर्स्याङ्दी त कहिले मदेखि टाढा भाग्थ्यो अनि कहिले धेरै तल लुक्थ्यो । कतै कच्ची त कतै पक्की बाटोमा दौडदा ओरालो र उकालो गर्दा मर्स्याङ्दीले आफैंतिर बोलाएझैं लाग्थ्यो र डरले मन चिउँचिउँ हुन्थ्यो । बढेको धड्कन घटाउन मोटरसाइकलमा ब्रेक लगाउनै पथ्र्यो ।
भोटेओडार, कालीमाटी, पाउँदी, बाइसजंघार र डुम्रेसम्मको यात्रामा पर्ने यी ठाउँंहरुलाई भेट्न क्रमशः म मोटरसाइकलको एक्सीलेटर जोडले बटार्थें । असहज अवस्थामा २०, ३० को स्पीडमा दौडाउने होन्डाको साइन खुल्ला र सम्म सडक भेट्नासाथ ७०, ८० को गतिमा दौडन्थ्यो । लामो समयपछि प्रेमिका भेट्न आतुर प्रेमीझैं म ती स्थान पुग्दै क्रमशः तिनलाई ओझेल पारेर झनै टाढाको बाटोतिर हुइकिन्थें । आसपासमा देखिने दृष्यहरु मोटरसाइकलको ऐनाबाट क्रमशः मलाई बाई बाई को हात हल्लाउँथे । धुमिल ती दृष्यलाई मनमा पोको पार्दै हुइकिनुको विकल्प पनि त थिएन मसित ।
डुम्रेबाट मुग्लिनको राजमार्ग पुग्दा पनि सडकमा यातायातका साधन फाट्टफुट्टमात्र भेटिए । तिहारको मुख अर्थात् लक्ष्मीपूजाको दिनमा देखिएका हजारौं सवारीसाधन र मानिस खै - त्यही सडक म हुइकिएको दिन सुनसानहुँदा लाग्थ्यो, सबै सडक मेरै हो । खुलापनले एकातिर उत्साह थप्थ्यो त अर्कोतिर मोटरसाइकल पन्चर भइहाले पाउने संभावित पीडाले मनमनै छट्पटिन्थें । डुम्रे आइपुग्दा र मुग्लिनतर्फअघि बढ्दा मेरो बाटोसँगै बगेको मर्स्याङ्दी देखेर संझिएको गीत मर्स्याङ्दी बगेर त्रिशुलीमा झरेछ.... गुन्गुनाउँदै अघि बढिरहें र धन्यवाद दिएँ गीतकारलाई ।
मुग्लिङतिरै बगेको मर्स्याङ्दी र मेरो यात्राको दिशा र शैली उस्तै, मर्स्याङ्दीको स्वच्छन्द बगाई र सुनसान सडकमा मेरो स्वतन्त्र हुइक्याई । फरक यति थियो, उ निरन्तर हुनेछ तर मेरो यात्रा भक्तपुर गठ्ठाघरसम्म मात्र । लामो यात्राले मेरो ढाड दुखेर कहिले कलबोर्टमा लड्थें त कहिले उचरमा उत्तानो पर्थें । मर्स्याङ्दीले नभनेको हुनर्ुपर्छ, यात्रामा उ पनि ढुंगाहरूमा कयौंपटक ठोक्किएको हुनर्ुपर्छ अनि मर्ुछा पर्दै खोल्सामा खसेको हुनर्ुपर्छ ।
मुग्लिन आइपुग्दा काठमाडौंमा हालेको पेटोल सकिन लागेकाले फूल ट्यांकी गरें । एक्लो यात्राले पुन गति लियो । तीब्र गति जीवनको क्षति लेखिएको बोर्ड देखें सडक किनारामा । आफूलाई सजग गराएँ । खुला सडक, कन्डिसनको बाइक, फेरि गति बढ्यो । तल हर्ेर्छर्ुुत्रिशुली नदी । त्रिशुली पनि मर्स्याङ्दीजस्तै कहिले टाढिन्थ्यो, कहिले नजिकिन्थ्यो अनि कहिले समानान्तर बग्थ्यो त कहिले सडकमुनि तल लुक्थ्यो । फरक यति थियो, मर्स्याङ्दी मेरै यात्राजसरी बगेको थियो तर त्रिशुली विपरित दिशातर्फ।
मझिमटारमा सरकारलाई सडक प्रयोग गरेवापत पाँच रुपैयाँ कर तिरें । केही अगाडि पुग्दा सडक वा खाल्डाखुल्डीले ढाडलाई झनै सास्ती दियो । मठमन्दिरको सहर भनिएको काठमाडौंलाई सडकमा पाएको सास्ती सम्झेर खाल्डैखाल्डाको सहर भनेर उपनाम दिएको मैले फेरी त्यही सम्झन पुगें । झन् नौबिसेदेखि नागढुंगासम्म त सरकारलाई जति सरापे पनि चित्त नबुझ्ने अवस्था छ सडकको । कहीकही भने भत्किएको पीचमा नयाँ पीच थपेर चिल्लो पार्दैगरेका दृष्य देखिएकाले पीडा कम गराउँथ्यो । नौबिसे पुग्न १५ किलोमिटर बाँकी थियो, अति भएपछि सफा उचरमा पल्टिएँ र ढाड सोझ्याएँ ।
राजधानीमा बसेको सौखिन ज्यान निरन्तर पेलिएको थियो । वेशीसहर जाँदाको सात घण्टे यात्राको थकान ठीक नहुँदै भोलिपल्टै तीन घण्टे उकालो लमजुङ दरबार र अर्को दिन अर्थात् भाइटिकाको बिहान मर्स्याङ्दी नदी पुग्दाको ओरालो र उकालो अनि बेशीसहर बजार घुम्दा लगाएको फन्को । पहिले झापा गौरादहमा रहँदा सहरी यात्रामात्र रोज्ने मेरो मन दर्ुइ वर्षो धनकुटाको स्नातक अध्ययन सकेर २०५६ सालमा राजधानी छिरेपछि हाइकिङमा रमाउन थालेको छ । त्यसैले सायद, दरबार जाँदाको उकालो र ओरालोमा पाएको सास्तीभित्र पनि मीठो महसुस गरें । संझें, जीवन उकाली अनि ओराली पनि त हो, कहिले सुख, कहिले दुःख । दरबार जाँदाको रोचक पक्ष र पात्र बने, पाँच वषर्ीय छोरो अञ्चित र ७४ वषर्ीया हजुरआमा नर्बदा दाहाल । लमजुङ जिल्ला सामुदायिक अस्पतालमा कार्यरत कान्छा काकाससुरा अम्बिका गौतम भने कार्यव्यस्तताले यात्रामा सहभागी हुनुभएन ।
छ वर्षेखिको बर्साई भए पनि काका अम्बिका, काकी सुलोचना, काकीकी आमा नर्वदा, छोरीहरु अंशुमाला र दीक्षा पनि दरबार पुग्ने अवसर पाएका रहेनछन् । काकाबाहेकको उनीहरुको परिवारसँग हामी तीनजना त्यो दरबारको यात्रामा थियौं । वर्षा तीन चारपटक काठमाडौं आउने काकाले लमजुङका लागि बारम्बार निम्तो दिए पनि अवसर नपाएका हामीलाई यसपटकको हुटहुटीले साइत जुराएको थियो । त्यही संयोग सबैको दरबार जाने साइतमा परिणत भयो ।
चउरमा पल्टिएको म काठमाडौं बेसीसहर र पुनः फर्किएको यात्रामा नोस्टाल्जिक भइरहेको थिएँ । त्यो तीन घण्टे उकालो र ओरालोमा समस्या बन्लान् भनेका पनाति र हजुरआमाले देखाएको साहसिक यात्राले सबैलाई छक्क पार्यो । लिंगे पिङमा चढ्न डराउने उसले जाँदा र आउँदा बाटोमा भेटिएका पिङमा खेल्यो र हामीलाई पनि खेल्न कर लगायो । गलेर ढुंगामा बसेका अग्रजलाई भन्थ्यो, धेरै नबस्नु है, रात पर्यो भने जंगलमा बाघभालु आउँछनरु नि । आफ्नै गोडामा कौंडा लाग्न थालेपछि अञ्चितले पोख्न नसकेको पीडा बुझेर ठाउँठाउँमा बोक्न मन लाग्यो ।
दरबार त पुग्यौं तर तिहारको छुटीले बन्द रहेछ । वरिपरि घुमेर हर्ेन नपाएको दरबार शर्ीष्ाक जुराएर बाहिरियौं । चिया पिउन पसलमा पुग्दा गाउँलेलाई सोध्न मन लाग्यो । पियन पुस्तककुमार मलेपति भेटिए, अनुरोध स्वीकार्दै खोल्दिए दरबार । मैले गीत संझिएँ, कति कुरा नभनेर नभनेरै मीठा मीठा मीठा हुन्छन्... । नुवाकोटे दरबार हेरेको मैले त्यहाँँ अध्याँरा र चिसा रित्ता कोठाबाहेक केही देख्न पाइनँ । मलेपतिले विस्तार लगाए, हजुर जनयुद्धमा माओवादीले यहाँ भएका राजाका तस्वीर र बाँकी सरसमान सबै जलाइदिएपछि यो रित्तो भएको हो ।
पानी अमला र कट्टुस खोज्दै खाँदै तीन घण्टा लगाएर गरेको आरामदायी उकालो झर्दा आधा समय काफी भयो । जति उकालोमा पुग्यो बेशीसहर त्यति नजिक लाग्ने अनौठो विशेषताले हामीलाई पहाड उक्लिन हौस्याएको थियो । चारैतिर हरियाली पहाड र वेशीमा सहर भएकाले बेशीसहर भनिएको त्यो ठाउँमा उठ्नेबित्तिकै अन्नपर्ूण्ा हिमालले स्वागत गर्दोरहेछ । उता दरबार भएको गाउँं विकास समिति त नामैले राम्रो, गाउँसहर । वेशीसहर जाँदा डुम्रेदेखि नै ठाउँठाउँंमा भेटिएका देउसीभैलीका टोलीले बाटो छेक्दै कर तिर्न लगाए । तिर्दा तिर्दा झन्डै एक हजार रुपैयाँ चुना लगाइदिएछन् ।
करिब १० मिनेटको फ्लासब्याकमा रमाएको मेरो ढाड सोझिएछ । मोटरसाइकलको गियर पुनः क्रमशः १, २, ३ र ४ मा पुग्यो । सडक किनारामा देखिएका बोर्डमा लेखिएका दर्ुघटना ताल्चा हो भने तपाई त्यसको चाबी, हतारमा दौडिएर केही भए फर्ुसदमा पछुताउने समय मिल्दैनजस्ता भनाइ मनन गर्दै नौबिसे काटें । राजधानीभित्र खोजि भइरहे पनि अरुबेला नबोक्ने मैले लामो बाटो भनेर ब्लूबुक बोकेको थिएँ तर कसैले खोजीनीति गरेन । कलंकी आइपुग्दा भाइटिका लगाएर घर र्फकनेहरुको चहलपहल सुरु भइसकेको थियो । मैले पनि संझिएँ, मेरी ठुलीआमाकी छोरी मीना दिदीलाई । मटि्टतेल र्छर्किएर आगो लगाएकी भनिएकी मीना दिदीसँग टिका लगाएको विगतको तिहार सम्झेर असैह्य पीडा भयो मलाई मुटुभरि, मनभरि । बिहानदेखि साँझसम्म अध्यापन र पत्रकारिताको व्यस्तता र भीडभाड अनि धुँवाधुलोबाट तीन दिन भए पनि मुक्ति मिलेको मलाई पुनः यही राजधानीले स्वागत गर्यो ।

काव्य कुञ्ज, गठ्ठाघर, भक्तपुर
काव्यकुञ्ज डट कम

No comments:

Post a Comment