Saturday, December 24, 2011

गौरादह गाउंमा

गौरादह गाउंमा
- गोपीकृष्ण ढुंगाना

मेची अञ्चल झापा जिल्ला गौरादह गाउंमा,
यो मन सधैं पुगुं भन्छ उडी आफ्नै ठाउंमा ।।

खोलानाला हरियाली बगैंचा र ताल यी,
अंगाल्या’छ प्रकृतिलाई अडिग राख्छौं भाउमा ।।

दुई छाक टार्न गाह्रो थियो आज आÇनै शानमा,
ई–मेल र इन्टरनेटमा विश्व घुम्ने दाउमा ।।

शिखर चुम्न खोज्छ कैल्ये कैल्ये सगरमाथा,
व्यथा सबै लुकार’नि मलम लाउंछौं पाउमा ।।

साहित्यकार, इन्जिनियर, डाटर, शिक्षक, नेता,
जन्माउंछ, हुर्काउंछ, गर्व गर्छौं नाउंमा ।।

मुस्कुराउंछ आगमनमा रुन्छ सम्झी बिछोड,
जब पाउंछ मौलिकता ब्याजमा भन्दा साउंमा ।।

विवेकमा विश्वास राख्छ शुभ–दिनको स्वागत,
स्वर्ग बनाउं आफ्नै गाउंलाई मिलि सबै गाउंमा ।।

गौरादह, झापा, मेची अञ्चल

No comments:

Post a Comment