Showing posts with label gopi krishna dhungana. Show all posts

Sunday, December 10, 2017
Monday, November 20, 2017
Tuesday, October 25, 2016
Monday, April 25, 2016
Saturday, March 19, 2016
Friday, January 22, 2016
Wednesday, October 7, 2015
Saturday, July 18, 2015
Sunday, February 2, 2014
Monday, January 27, 2014
Saturday, November 23, 2013
Friday, September 27, 2013
जिउँदोमा खान नदिने, मरेपछि पिण्डदान
गोपीकृष्ण ढुंगाना
काठमाडौं, 10 Ashoj : गोमा गर्भवती भएपछि पति शिव शर्मा घरबाट निस्किए। फलफूल टिप्ने क्रममा रूखबाट खसेर मरे। गर्भवती गोमाको पति खोज्न जाने अवस्थै थिएन। अरूले भेट्टाएनन्। छोरो जन्मियो र नाम राखियो, नवराज। हुर्किएपछि उनले बुबाका बारेमा आमासँग सोधे। गोमाले घरबाट निस्किएदेखि आफूलाई केही थाहा नभएको बताएपछि नवराजले भने, ‘म छोरो भएर जन्मेको के काम? म बिनाबाबुको छोरो त होइन नि, पत्ता लगाएरै छाड्छु?’ उनले बुबालाई जिउँदो फेला पारेनन् तर हाडखोर भेट्टाए र काजकिरिया गरे। पछि नवराज ‘लावण्य’ देशका राजा भएका थिए।
स्वस्थानी व्रतकथामा वर्णन गरिएको नवराजको बाबुप्रतिको भक्ति बुझेर ललितपुर ठूलादुर्लुङका भीमनाथ दुलालले पनि छोराको नाम नवराज नै राखे। हाँसीखुसी केही दशक बित्यो। पत्नीलाई रोगले च्यापेपछि अस्पतालबाटै बिदा गर्नुपर्यो। सम्पत्ति पनि सकियो। त्यसपछि उनी रोगले मर्नु न बाँच्नुकै अवस्थामा पुगे।
छोराछोरीले बुढेसकालमा आफूलाई संरक्षण गर्लान् भन्ने थियो उनलाई। ‘सबै कुरा सहन सकिँदोरहेछ, वचन सियो बनेर बिझेपछि सहन नसकिँदोरहेछ र साथीको सल्लाहमा यहाँ आएको हुँ’, विगत नौ वर्षदेखि पशुपति वृद्धाश्रममा बस्दै आएका भीमनाथले भने, ‘जहाँ पाउँला त्यहीं खाउँला भनी जोगीझैं बनेर घरबाट हिँड्नुपर्यो। संसार यस्तै रहेछ। कहाँको जन्म कहाँको मरण।’ सम्पत्ति हुँदा लडिबुडी गर्ने सन्तानले आफू रोगी हुँदा खान नदिएपछि वृद्धाश्रमको सहारा लिनुपरेको उनको भनाइ छ। उनले थपे, ‘छोरो भए पनि केही नहुनेरहेछ। जिउँदो छुँदा खान पनि नदिनेले मरेपछि खीर पकाएर दिएको पिण्डदानको के अर्थ?’
त्यस्तै रामेछापबाट दुई वर्षअघि पत्नीसहित वृद्धाश्रमको शरण परेका ८२ वर्षीय अमरबहादुर पुरीले भने, ‘लोकका लागि देखाउन गरिने श्राद्ध व्यर्थ हो। प्राण छउन्जेल दुई मुठी खान नदिनेले मरेपछि किन खीर भाग लगाउनु?’
यतिबेला सोह्रश्राद्ध चलिरहेको छ। पितृका नाममा हजारौंले पिण्डदान गरिरहेका छन्। तर पशुपति वृद्धाश्रमका वृद्धवृद्धाले भने न एक छाक मीठो खान पाएका छन् न त छोराछोरीको माया। उल्टै आफ्ना सन्तानबाट अपहेलना सहन नसकी वृद्धाश्रममा आश्रय लिइरहेका छन्। उनीहरू भन्छन्, ‘सन्तानबाटै लेखेटिएर वृद्धाश्रम आउँला भन्ने सोचेका थिएनौं।’
इनारमा परेको सर्पलाई एउटा मानिसले सोधेछ, ‘म निकालिदिन्छु, त्यसपछि मलाई के गर्छस्?’ सर्पले भनेछ, ‘यो धर्मको गुन देख्छु।’ लोककथनअनुसार निकालेपछि सर्पले टोक्न झम्टिएछ। मानिसले अचम्म मान्दै भन्यो, ‘गुन गर्छु भनेको होइन?’ उसले जबाफ पायो, ‘गुनले गुन खान्छ, तँलाई म खान्छु।’ यस्तै भयो भक्तपुर नगरकोटका कुमाले र मीठु नेपाली दम्पतीलाई पनि। तीन छोरी एक छोराका बाबुआा उनीहरू गत वर्षदेखि वृद्धाश्रममा बस्दै आएका छन्।
७४ वर्षीय कुमालेले भने, ‘दमले पीडित छु। धनसम्पत्ति हुन्जेल छोरो बलियो भयो, बलियाले हामीलाई धपायो।’ मिठुले थपिन्, ‘हामीले त सासूससुरा पालेथ्यौं, अशक्त हुँदा दिसापिसाप हातैमा थापेथ्यौं। कर्मै यस्तो हो कि समय उस्तो हो पाउनुसम्म दु:ख पाएका छौं।’ दुवैले थपे, ‘बुढेसकालमा बाबुआमा नहेर्ने छोरो के छोरो? मरेपछि श्राद्धको के काम? गरे गरून् नगरे नगरून्।’

Wednesday, August 21, 2013
Monday, August 12, 2013
Friday, July 26, 2013
Thursday, June 27, 2013
Wednesday, June 26, 2013
Subscribe to:
Posts (Atom)